विराटनगर, मंसिर १८ गते । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ हुन लागेको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीले मूलुककै आर्थिक गतिविधीलाई चलायमान बनाउन मद्दत पुग्ने उद्योग संगठनमा आवद्ध उद्योगि व्यापारीहरुले वादी गरेका छन् ।
एक्सपोको तयारी बारे जानकारी गराउन उदेश्यले प्रदर्शनी स्थलमै आईतवार पत्रकार सम्मेलन गरी संगठनका अध्यक्ष सुयश प्याकुरेलले भने उद्योगी व्यवसायी अप्ठ्यारो अवस्थाका वावजुत एक्सपो आयोजना गर्न लागेका वताए ।
एक्सपो आगामी मंसिर २९ देखि पुस ६ गते सम्म बिराटनगर महानगरपालिका वडा नं १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डको मैदानलाई छनौट गरिएकोले ठाउँको कुनै समस्या नहुने र एक्सपोमा करीब २ लाख मानिसको उपस्थिति हुने गरी व्यवस्थापन गरेका वताए ।
समग्रमा देशकै आर्थिक अवस्था कमजोर भएको वेलमा सवैको साथ र सहयोग लिएर एक्सपो गर्न लागेका छौ । मुलुककै विभिन्न ठाउँमा लाग्न एक्सपो भन्दा उत्कृष्ठ खालको तयारीका साथ एक्सपो सम्पन्न गर्ने आयोजकले जानकारी दिए ।
एक्सपोको आकर्षण बढाउनको लागि विशेष कार्यक्रमहरु जस्तै माउन्पटेन फ्लाइट, सेन्ट्रल डिजिटल डिस्प्ले शो, सिंगिङ आइडल, राबट भीआर तथा होलोग्राम प्रविधी, साँस्कृतिक कार्यक्रम समेतको व्यवसथा गरिएको एक्सपो संयोजक तथा उद्योग संगठन मोरंगका उपाध्यक्ष भोलेश्वर दुलालले वताए । त्यसै गरी एक्सपो स्थल जान र फर्किन निःशुलक सटल बसको व्यवस्था गरीएको भन्दै सो वस दुहवी, विराटनगर, बरगाछी, रानी र कटहरीवाट एक्सपो स्थाल सम्म संचालन हुने संयोजक दुलालले वताए ।
एक्सपोमा ३ सय ६१ वटा स्टलहरु रहने छ जस अन्तर्गत ६ वटा पर्यटन, ६ वटा लगानी, १५ वटा श्रम रोजगार तथा सीप र २५ वटा स्टार्टअप पेभिलियन रहने छ । त्यसैगरी उद्योग संगठन मोरंगको कार्यसमितिवाट ३४ वटा स्टल रहने, औद्योगिक (कर्पाेरेट तथा डिस्पले प्रोडक्ट) परिसरका ७५ वटा स्टल रहने एक्सपो संयोजक दुलालले वताए । औद्योगिक(उपभोग बस्तु परिसर भित्र ७५ वटा स्टल, कृषि तथा साना घरेलु तथा सूचनामूलक परिसर भित्र ७५ वटा स्टल र नाडा प्रदेश १ र मोरङ ओटोमोबाइल एशोसिएशन अन्तर्गत २० वटा स्टल तथा खाद्य परिसरमा १० वटा स्टलहरु रहने छ ।
प्रदर्शनी अवधीमा रु ५० करोड भन्दा बढिको प्रत्यक्ष एवं अप्रत्यक्ष कारोबार हुने अपेक्षा गरिएको छ । प्रदर्शनी आयोजनाका लागी करिब ३ करोड ५० लाख रुपैया खर्चहुने र उक्त खर्चको व्यवस्थापन प्रायोजक, स्टल बिक्रि, टिकट बिक्रि तथा संघ, प्रदेश र स्थानिय सरकार र अन्य विकास साझेदारहरुसंगको सहकार्यबाट व्यवस्थापन गरिनेछ ।
आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग संगठन मोरंगले २०५३ सालमा कोशी महोत्सवका नामवाट एक्सपोको शुरुवात गरेको थियो । अहिले हुन लागेको एक्सपो सातौ संस्करणको रुपमा विराटनगरको दक्षिणी भेगको नयाँ ठाउँमा एक्सपो आयोजनाको तयारी अन्तिम चरणमा पुगेको संयोजक दुलालले वताए । ्
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]