विराटनगर, मंसिर २९ गते । विशिष्ठ प्रकारका कृषि तथा औद्योगिक प्रदर्शनीहरुले उत्पादक र उपभोक्ता बीच अन्तर सम्वन्ध कायम गर्ने प्रमुख अतिथी राष्टिपति विद्यादेवी भण्डारीले वताएकी छन् ।
उक्त कुरा उद्योग संगठन मोरंगको आयोजनमा हुन लागेको विराट एक्सपोको दियोमा वत्ती बालेर समुद्घाटन गर्दै राष्ट्रिपति भण्डारीले सो कुरा वताएकी छन् । सोही अवसरमा भण्डारीले भने विराटनगरले औद्योगिक पहिचान वनाउको शाखलाई गिर्न नदिन सबैले पहल गर्नु पर्ने वताए ।
देशभित्र सञ्चालित उद्योगका लागि आवश्यक कच्चा पदार्थ देशभित्र नै उत्पादन गर्न सके उद्योग धन्दा संचालन गर्न सहज हुने भण्डारीको भनाई थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक विगतमा भन्दा फरक खालको आर्थिक मन्दीबाट गुज्री रहेको बताए । उनले विगतमा भूकम्प, कोरोना र नाकाबन्दीले अर्थतन्त्रमा बाहिरबाट समस्या देखिएको भए पनि यतिबेला सरकार र राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रभित्रै समस्या देखिएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले देशका लागि निर्यात वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योग चाहिएको बताएका छन् । प्याकुरेलले कोभिडपछिको मन्दीले सबै उद्योग प्रभावित भएकाले समग्र अर्थतन्त्रमा नै समस्या देखिन थालेको स्पष्ट पारे । प्याकुरेलले विराटनगर–बथनाहा रेल्वे तयार भए पनि सञ्चालनमा सरकारले बेवास्था गरेको गुनासो गरे । जसका कारण सडक मार्गबाट सामान आयात गर्नु परिरहेकाले औद्योगिक कच्चा पदार्थको ढुवानीमा मात्रै ३० प्रतिशतभन्दा बढी लागत बढी लागी रहेको उनको भनाई छ । उनले यथाशीघ्र विराटनगरसम्म निर्माण भइसकेको रेलमार्ग सञ्चालनमा ल्याउन सरकारसँग माग गरे ।
कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री राजेन्द्र राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायतले एक्स्पोको सफलताको शुभकामना दिएका थिए । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा एक्स्पो पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
एक्स्पोमा ३ सय ६१ स्टल रहेका छन् । सातौं संस्करणको विराट एक्स्पोमा एक्सपोको आकर्षण बढाउनको लागि विशेष कार्यक्रमहरु जस्तै माउन्पटेन फ्लाइट, सेन्ट्रल डिजिटल डिस्प्ले शो, सिंगिङ आइडल, राबट भीआर तथा होलोग्राम प्रविधी, साँस्कृतिक कार्यक्रम समेतको व्यवसथा रहने छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]