विराटनगर, पुस ४ गते । विराटनगर वडा नं. ८ का २४१ जनाको नि:शुल्क आँखा परीक्षण गरिएको छ ।
विराटनगर महानगरपालिका वाड नं. ८ र रामलाल गोल्छा आँखा अस्पतालले संयुक्तरुपमा आईतवार आयोजना गरेको नि : शुल्क आँखा शिविरमा २४१ जनाको आँखा परीक्षणगरिएकाे हाे ।
वडाध्यक्ष राम पोखरेलका अनुसार ७२ जनामा मोतियाविन्दु देखिएको छ । मोतिया विन्दु देखिएका वडावासीहरुको तेज कोहली एण्ड रुइत फाउण्डेसनसँगको आर्थिक सहयोगमा रामलाल गोल्छा आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने वडाध्यक्ष पोखरेलले बताउनु भयो ।
विराटनगर ८ ले केही समय देखि जेष्ठ नागरिकको रक्तचाप तथा मधुमेहको पनि नियमित परीक्षण गर्दै आएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]