विराटनगर, पुस ४ गते । बिराटनगर महानगर पालिका-१६ स्थितबाट अवैधरुपमा भन्सार छलि गरेको आ‌ैषधी, सुट कपडा, साडी लगायत बिभिन्न प्रकारका सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।
आईतवार राती इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायतका सामानहरु प्रहरीले बरामद गरेको थियाे ।
बरामद गरीएका १२ लाख ३ हजार ४ सय २० रुपैया मुल्य बराबरको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]