विराटनगर, पौष ८ गते । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तीन अर्बभन्दा कढी पूँजी निर्माण र परिचालन गर्न सक्षम रहेको लिमिटेडका अध्यक्ष जीवन काफ्लेले जानकारी गराएका छन् ।
संस्थाको रजत जयन्ती महोत्वसको बारेमा संस्थाकै कार्यालयमा पत्रकार सम्मेलन गरी सो कुरा वताएका हुन् । पौष ९ गते भव्यरुपमा माउने रजत जयन्तीको उपलक्ष्यमा रक्त्तदान सहित संस्थामा विभिन्न व्यक्तिहरु मर्फत स्थापना भएको अक्षयकोषवाट १३ जनालाई पुरस्कार र सम्मान गर्ने काफ्लेले वताए ।
संस्थाले आफ्ना सदस्यहरुलाई धितोको आधारमा न्यूनतम १२ प्रतिशत व्याजमा ५० लाख सम्मको ऋण लगानी गर्नुका साथै सदस्यहरुका छोरा–छोरीलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्न हालसम्म ७५ जनालाई रकम उपलव्ध गराएको छ ।
उक्त संस्थामा सामाजिक उत्तर दायित्व अन्र्तगत सुत्केरी वापत सदस्यलाई पोषणभत्ता ५ हजार, ७५ वर्ष माथिका जेष्ठ सदस्यहररुलाई औषधि उपचार वापत वार्षिक २ हजार र मृत्य हुँदा क्रिया खर्चवापत १५ हजार उपलव्ध गराउने व्यवस्था रहेको छ ।
सामाजिक उत्तर दायित्व अन्र्तगत सुत्केरी वापत सदस्यलाई पोषणभत्ता पाँच हजार, मृत्य हुँदा क्रिया खर्चवापत १५ हजार र ७५ वर्ष माथिका जेष्ठ सदस्यहररुलाई औषधि उपचार वापत वार्षिक दुई हजार उपलव्ध गराउने व्यवस्था रहेको छ ।
त्यसैगरी उच्च शिक्षा अध्ययन सम्पन्न गरेका सदस्यहरुका परिवारका सदस्यहरुलाई रजत महोत्वको उपलक्ष्यमा सार्वजनिक रुपमा गाउन सहित सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष काफ्लेले बताए ।
विसं २०४८ मा ३१ जना सदस्यहरुद्वारा स्थापित सहकारीको हाल मुलुकको ६८ जिल्लामा शाखा रहनुका साथै २५ हजार सदस्य रहको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]