विराटनगर, पौष १० गते । नापी कार्यालय धनुषाले जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण संगसंगै विरुवा बितरणअभियान पनि सञ्चालन गरेका छन् ।
वन अधिकृत सुरेश शर्मासंगको छलफल अनुसार ट्रायलको रुपमा कार्यालयले गत आर्थिक वर्षमा साबिकको देउरी परबाहामा लालपूर्जासंगै विरुवा बितरण गर्दा जनमानसमा सकारात्मक उत्साह प्रदान गरेकोले यस आर्थिक बर्ष पनि निरन्तरता दिइएको कार्यालय प्रमुख सुमन मिश्रा जानकारी गराउनु भयो ।
शुक्रवार र शनिवार जनकपुरधाम उपमहा नगरपालिका वडा नं. २५ (साविक लोहना) मा १ पूर्जा १ विरुवा बितरण गरेको थियो । लालपूर्जा बितरणसंगै पर्यावरण संरक्षण अभियानलाई जोडन विरुवा बितरण गरेका छन् ।
सो दुई दिनमा करिब ६ सय जग्गा धनी प्रमाणपत्र (लालपूर्जा) संगै ६ सय विभिन्न जातका विरुवाहरु बितरण गरिएको थियो । उक्त कार्यका लागि अभिप्रेरित गर्ने वन अधिकृत सुरेश शर्मा, बिरुवा उपलब्ध गराउने डिभिजन वन कार्यालय धनुषाले उत्साह पूर्वक सहभागी सम्पुर्ण स्थानीय बासिन्दा प्रति आभार सहित धन्यवाद ज्ञापन गरेका थिए ।
चालु आर्थिक बर्षमा १० हजार लालपूर्जा संगै १० हजार विरुवा बितरण गरिने अमिन रामडुलर साहले वताए । लालपूर्जा संगै विरुवा बितरण प्रति स्थानीय वडाध्यक्ष, बुद्धिजिवी, नागरिक समाज, महिला लगायत सम्पूर्ण स्थानीयवासी खुशी प्रकट गर्दै धन्यवाद सहित भविष्यमा समेत पर्यावरण संरक्षण अभियानमा आफूहरूको सहयोग र सहकार्य रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]