विराटनगर, पौष १० गते । उद्योग संगठन मोरंगको आयोजनामा मंसिर २९ गते प्रारम्भ गरको कृषि तथा औद्यागिक अन्तर्राष्ट्रिय प्रदर्शनी ‘विराट एक्सपो’ सम्पन्न भएका छन् ।
‘विराट एक्सपो’ समापन समारोहका प्रमुख अतिथी प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले भने औद्योगिक नगरी विराटनगरका उद्योगी व्यवसायीहरुले प्रदर्शनी स्थलको माग गरिएपछि सो उपलब्ध गराउन नसकेकोमा चिन्ता व्यक्त गर्दै प्रदर्शनी स्थलन बनाउन प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा प्रदर्शनी स्थल निर्माण गर्नु पर्ने वताए ।
मुख्यमन्त्री राईले खाली कृषिका कुरा मात्रै नगरी कृषिबाट उत्पादित कच्चा पदार्थलाई औद्योगिक उत्पादनमा बदल्नु आवश्यक रहेको उनले बताए । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले संगठनले २०५३ सालदेखि निरन्तर रुपमा एक्स्पो आयोजना गर्दै आए पनि एक्स्पो आयोजनाका लागि स्थायी स्थलको अभाव खडकिरहेको बताए ।
आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने उद्देश्यले आयोजना गरेको एक्स्पोमा प्रदर्शक, प्रयोजक र दर्शकको उत्साहजनक सहभागिता भएको उद्योग संगठन मोरंगका अध्यक्ष सुयश प्याकुरेले वताए ।
एक्स्पोको अवधिमा ६ वटा थिममा २१ वटा प्राविधिक सत्रहरु संचालन गरिएको थियो । एक्स्पोमा उत्पादन लागत घटाउन, लगानी बिस्तार गर्न, अग्र तथा पृष्ठ अन्तर सम्बन्ध कायम गर्न तथा नवप्रर्वतक उद्यमशिलताको विकासका लागि नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने विषयहरुमा छलफलस समेत भएको थियो ।
त्यसैगरी ५७ जना विज्ञहरुको उपस्थितिमा भएको प्रत्येक थिमेटिकल सेसनमा देखिएको उल्लेख्य सहभागिता र विज्ञहरुबाट भएको प्रस्तुतीले एक्स्पोलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सफल भएको आयोजकले दावी गरका छन् ।
प्रचार प्रसार समितिका संयोजक नन्दकिशोर राठीले भने एक्स्पोमा करिब १५ करोड रुपैयाँको कारोबार भएको छ भने ११ दिनसम्म सञ्चालन भएको एक्स्पोमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको वताए ।
एक्सपोमा सहभागी उद्योगी व्यवसायीहरुलाई सम्मान पत्र र एक्सोमा सहयोग गर्ने संचार संस्था, विभन्न समितिका संयोजकहरु र अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]