विराटनगर, पौष १८ गते । मोटरसाईकल तथा स्कुटर चोरी गरेको आरोपमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पौष १४ गते राती बिराटनगर महानगरपालिका-९ ठाकुरवाडी रोडबाट प्रदेश नं.-०१-०२-०४२ प ३७७७ नम्बरको एनएस मोटरसाईकल हराएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरीमा संग्लग्न रहेकाहरूलाई पक्राउ गरेकाे थियो ।
पक्राउ पर्नेहरू धनपालथान गाउँपालिका -७ का २१ बर्षीय रविन राजबंशी, बुढिगंगा गाउँपालिका -७ का २५ बर्षीय पन्चदेव खवास र विराटनगर महानगर पालिका-१९ का २१ बर्षीय विकेश खवासलाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको थियोे ।
त्यसैगरी सोही दिन बिराटनगर-८ मधुमाराबाट प्रदेश नं.-०१-०२-००५१ प १०२७ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना पाएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका स्थानीय २० बर्षीय सतिस मुखियालाई स्कुटरको पार्ट पुर्जा खोल्दै गरेको अवस्थामा पक्राउ गरेको थियाे ।
पक्राउ परेका उनीहरुलाई चोरी सम्बन्धी मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]