विराटनगर, पुस २३ गते । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर–८ प्रगती विनायक टोलले १० औ साधारण सभा सम्पन्न गरेको छ । सहमती सहकारीमा सहमतिवाटै नयाँ संचालक समिति समेत गठन भएको छ ।


साधारण सभाका प्रमुख अतिथी प्रदेश १ का प्रदेश सभा सदस्य माननीय खड्ग बहादुर बस्तेले पानसमा बत्ती बालेर समुद्घाटन गर्दै भने सहकारी भनेको सहकार्य हो समाजमा भएका व्यक्तिहरुकै सकार्यले सहकारीको स्थापना हुन्छ । ती सहकारीले आफ्ना सदस्यसंग बचत गराउने र आवश्यकता परेकोवेला ऋण उपलब्ध गराउने भएकोले सहकारीका सवै सदस्यहरु सहकार्य गरी अघि वढ्नु पर्ने वताए ।
सोही अवसरका एसइइ र १२ कक्षामा सदस्यका सन्तती मध्ये उत्कृष्ट दुई दुई जनालाई सम्मान गरिनुका साथै असल बचत कर्ता र असल ऋणीलाई सम्मान गरेका थिए ।


त्यसैगरी बन्दसत्रमा शिव प्रसाद आचार्यको संयोजकत्व पुरुषेत्म दहाल र अनिता थापा सदस्य रहने कमीटीले निर्वाचन प्रक्रिया शूरु गरेको थिए । निर्वाचन प्रक्रियावाट उम्मेदवारी दर्ता गराई सहमतीकै आधारमा नयाँ संचालक समिति र लेखा समितिको नाम घोषणा गरका थिए ।
जस अनुसार राजेन्द्र कुमार थापा अध्यक्ष, गंगा प्रसाद कोइराला उपाध्यक्ष, कष्ण भट्टराई सचिव, श्याम सुन्दर सुतिहार कोषाध्यक्ष, सदस्यहरुमा क्रमश ः लक्ष्मी आचार्य, बाल्मीका बस्नेत (कार्र्की), दिना चौधरी, विरेन्द्र कुमार थापा र गणेश खड्का रहेका छन् ।


त्यसैगरी लेखा समितिमा शेर बहादुर सुवेदी संयोजक, मनोरमा निरौला र अवधनारायण सेठ सदस्यमा चयन भएका छन् ।
खुल्ला तथा बन्द सत्र कार्यक्रम सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्र कुमार थापाको अध्यषतामा सम्पन्न भएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]