विराटनगर, पुस २५ गते । प्रदश नं. १ काे मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की सहित ३ मन्त्रीले सपथ लिएकाे मन्त्रीमण्डलमा नेकपा (माआेवादी केन्द्र) सहभागी भएनन ।
नेकपा एमाले संसदिय दलका नेता कार्कीले प्रदेश १ को चौथो मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गरेका हुन । प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री सहित तीनमन्त्रीलाईको सपथ ग्रहण गराए ।
तीनमन्त्रीमा एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपा नेपालबाट निर्मला लिम्बुलाई मन्त्री बनाएका छन । तिनै जनालाई बिना विभागिय मन्त्रीको रुपमा सपथ ग्रहण गराईएको हो ।
मुख्यमन्त्री कार्की सित नेकपा एमालेका ४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टी नेपालका १ गरेर ४७ सांसदको समर्थन छ ।
सत्ताघटक एमाले र माओवादीको शिर्षनेताको बैठकले प्रदेह १ मा ५ बर्षसम्म सरकारको नेतृत्व एमालेले गर्ने निर्णयको विरुद्धमा माओवादी १ नं. प्रदेश सांसदिय दल उभिएको छ ।
सत्ताघटक एमाले र माओवादीका शिर्षनेताले प्रदेशमा एमाले र माओवादीले आलोपालो सरकार चलाउने निर्णय नगरेसम्म माओवादी मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी नहुने संसदिय दलका नेता इन्द्र आङ्बोले बताए । मुख्यमन्त्री कार्कीले सपथ ग्रहण गर्नु भन्दा केही समय अघि विराटनगरमा बसेको माओवादी सांसदीय दलको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेका थिए ।
एमालेका ४०, राप्रपाका ६ र जसपा नेपालका १ गरेर मुख्यमन्त्री कार्की संग अहिलेपनि ४७ सांसदको समर्थन छ । ९३ सदस्य प्रदेश सभामा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त गर्न आवश्यक ४७ सांसद छ । जुन स्पष्ट बहुमत रहेकाे छ ।
मुख्यमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा माओवादी प्रदेश संसदीय दलका नेता आङ्बो सहभागी थिए ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । सत्ताघटक नेकपा माओवादी केन्द्रका १३ सांसदले सरकारलाई समर्थन नदिएपनि मुख्यमन्त्री कार्कीको सरकार ढल्दैन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]