विराटनगर, माघ ११ गते । आवासको समस्या झेल्नुपरेको अवस्थालाई ध्यानमा राखेर एक यूवाले एनपीरूम डट कम वेभसाइट र मोबाईल एप्लिकेशन लन्च गरेकाे छ ।
नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी हिरालाल चौधरी कम्प्यूटर सव इन्जीनियरले लन्च गरेकाे हाे ।
जनघनत्व बढ्दै गएसगै मानिसहरु अध्यन र रोजगारीको सिलसिलामा एकठाउँबाट अर्को ठाउँ आउजाउ तथा बसोबास गर्ने क्रम समेत बढेको छ । यस्तो अवस्थामा उनिहरुले आवासको समस्या झेल्नुपरेको अवस्थालाई ध्यानमा राखेर हामीले कोठा भाडामा लगाउन र खोज्न सहयोग गर्ने वेभसाइट र मोबाईल एप्लिकेशन निर्माण गरेकाे चाैधरीले वताए ।
एन पी रूम डट कम वेभसाईट र एप्लिकेशनबाट आफ्नो घर भाडामा लगाउन चाहने र कोठा भाडाको खोजीमा रहेका सेवाग्राहीलाई सहज बनाउने हामीले विश्वास लिएका वताए ।
घर भाडामा लगाउन चाहने पक्षले वेभसाईटमा क्लिक गरेर आफ्नो घरको विषयमा सम्पुर्ण विवरण र घरकोठाको फोटो समेत राखेर अपलोड गर्न सक्ने छन भने भाडामा लिन चाहनेले समेत आफुलाई आवश्यक रहेको कोठाहरु छनौट गरि उक्त घरधनीको नम्बर र सम्पुर्ण विवरण प्राप्त गर्न सक्नेछन ।
वेभसाइट र मोबाइल एप्लिकेशनको सम्पूर्ण सेवाहरु निशुल्क रहने चाैधरीले जानकारी गराए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]