विराटनगर, माघ १४ गते । प्रदेश नं. १ को राजधानी तथा औद्योगिक नगरी विराटनगरमा औद्योगिक तथा कृषि उत्पादनको बजारीकरण र प्रवर्द्धनका लागि आयोजना हुन लागेको सीएनआई कोशी एक्स्पोको समुद्घाटन पूर्व प्रधानमन्त्री के.पी शर्मा ओलीद्धारा समुद्घाटन हुने भएको छ ।
एक्सपोको समुद्घाटन माघ १९ गते विहीवार हुने छ । विशिष्ट अतिथीका रुपमा प्रदेश नं. १ का मुख्य मन्त्री हिक्मत कार्की लगायत मन्त्री तथा उच्च व्यक्तित्वहरुका उपस्थित रहने आयोजकले जनाएका छ ।
उद्योग, कृषि, पर्यटन र व्यापार, आर्थक विकासको मूल आधार भन्ने नराका सथा नेपाल परिसंघ प्रदेश नं. १ ले आयोजना गर्न लागेको अन्तर्राष्ट्रि कृषि तथा औद्योगिक प्रदर्शनी माघ २८ गते सम्म रहने छ । कोशी एक्स्पोमा विराटनगर बाहिरका उद्योग र ठुला ब्राण्डका उत्पादन पनि सहभागी हुने भएका छन् ।
विराटनगरमा भएका कुनै पनि एक्सपोमा सहभागी नभएका चौधरी ग्रुप लगायत औद्योगिक ब्राण्ड र उद्योग सीएनआई एक्स्पोमा सहभागी हुने भएका छन् । आफ्नो उत्पादनको प्रवर्द्धन र बजारीकरणको अवसर भएकाले नयाँ उद्योग कम्पनीहरूलाई एक्स्पोमा सहभागिताका लागि प्रोत्साहित गरेका कारण उनीह आफ्नो उत्पादनसहित सहभागी हुने भएका छन् ।
विराटनगर महानगरपालिका वडा नं. २ स्थित शंकरपुर मैदानमा हुने एक्स्पोमा वीरगञ्ज, भैरहवा, नवलपरासी, काठमाडौ, विराटनगरका औद्योगिक क्षेत्रका उद्योगहरू सहभागी हुने नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ का अध्यक्ष भीम घिमिरे जानकारी गराए ।
त्यसैगरी सीएनआई कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान केचनाकवल हेर्न पाइने भएको छ । प्रदेश १ को भौगोलिक, जातीय र सांस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्ताहरूलाई जानकारी दिने उद्देश्यले यस्तो देखाउन लागिएको जनाइएको छ । त्यसका लागि एक्स्पो स्थलमा संरचना निर्माणको काम तिव्रगतिमा भई रहेको नेपाल उद्योग परिसंघ प्रदेश १ का महानिर्देशक विजय हरि शर्माले वताए ।
ऐतिहासिक रुपमा आयोजना हुन लागेको एक्स्पोमा अवलोकनकर्ताहरूको मनोरञ्जनका लागि कोसी नदीमाथिको सेल्फी पुल, थारु र झाँगडको परम्परागत घरहरू जस्ता संरचना पनि निर्माण गर्न भई रहको छ । एक्स्पोमा नेपालकै चर्चित व्याण्डहरूको प्रस्तुतिका साथै फेमस कमेडियन मनोज गजुरेलको समेत उपस्थिति रहने भएकाआयोजक समितिका संयोजक राजेन्द्र राठीले बताए ।
सविन राई तथा उनको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्ड, अभया सुब्बा द स्ट्रिम इन्जिन्स, एकदेव लिम्बू, नितेशजंग कुँवर र उनको व्याण्ड, समीर श्रेष्ठ, आशीष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ लगायतले दैनिक प्रस्तुति दिने जनाइएको छ ।
कोशी एक्सपोमा ३ सय ५० भन्दा माथि स्टलहरु रहने भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]