विराटनगर, माघ १७ गते । विराटनगर–२ शंकरपुरमा माघ १९ गते विहीवार देखि शुरु हुन लागेको सीएनआई कोशी एक्सपोमा ओटोमोवाइल्स बाहेक अन्य चारवटा मुख्य पेभिलियन रहने भएका छन् ।
ओटोमोवाइल्स बाहेक चारवटा पेभिलियनको नाम नेपालको चार प्रमुख अग्ला हिमालहरुको नामवाट नामाकरण गरिएको छ । जसमा सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घा रहेका छन् ।
एक्स्पोका माध्यमबाट प्रदेश १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ सर्वोच्च शिखर सगरमाथासहितका अग्गा हिमालहरुको नाममा पेभिलियन राखिएको आयोजकले जनाएको छ । एक्स्पोलाई ऐतिहाँसिक बनाउने उदेश्यका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगिसकेको छ ।


एक्स्पोका लागि ३ सय जना भन्दाबढी युवा जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिएको उनीहरुलाई एक्स्पोको सचिवालय देखि स्टलहरुमा परिचालन गरिनुका साथै एक्स्पोलाई व्यवस्थित बनाउन थप संख्यामा स्वयंसेवक र सुरक्षाकर्मीहरु परिचालन गर्ने तयारी रहेकोसीएनआई प्रदेश १ का महानिर्देशक विजयहरि शर्माले बताए ।
एक्स्पोमा हिमालदेखि पहाडसम्मको भौगोलिकतालाई प्रदर्शन गरिने तयारी भइरहेको छ । त्यसका साथै थारु जातीको साँस्कृतिक तथा जातीय परम्परागत घर पनि प्रदर्शनमा राखिने भएको छ ।
एक्सपोका अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट पाउन सजिलो होस र टिकट विक्री वितरणलाई सहज बनाउन सकेसम्म अनलाइन गेटवे ‘खल्ती’ वालेट प्रयोग गर्न सीएनआईले आग्रह गरेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]