विराटनगर, माघ २० गते । माघ १९ गते शुरु भएको सीएनआई कोशी एक्सपोले उद्योगी व्यवसायीहरुको मनोवल बृद्धि हुने प्रदेश नं. १ का पूर्व मुख्य मन्त्री भीम आर्चाले वताएका छन् ।
एक्स्पोको दोस्रो दिन सीएनआई काशी एक्स्पो २०७९ को अवलोकन गर्न पुगेका मुख्यमन्त्री आर्चाले सो कुरा वताएका हुन् । सो अवलोकनका क्रममा प्रदेश १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति प्रसाद सिटौला समेत ले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पो २०७९ को अवलोकन गरेका छन् । प्रदेश १ को आर्थिक विकासमा एक्स्पो महत्वपूर्ण अवसर बनेको आर्चायले बताए ।
त्यसैगरी मन्त्री सिटौलाले पनि एक्स्पो स्थलमा राखिएका करीव चार सय स्टलहरुको अवलोकन गरेका छन् । एक्स्पो अवलोकनपछि मन्त्री सिटौलाले प्रदेश १ को आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै प्रदेश सरकारले पनि सहकार्य गरिरहेको बताए ।


आर्थिक गतिविधिहरु भएको खण्डमा मात्रै बजारको विकास हुने र रोजगारीको अवसर सिर्जना हुने मन्त्री सिटौलाले बताए । उनले घरेलु तथा लद्यु उद्यमीहरुलाई पर्याप्त स्थान दिएर एक्स्पो आयोजना गरिएको पाइएको भन्दै सीएनआईसँग आगामी दिनमा पनि सहकार्यको वातावरण तयार भएको बताए ।
आर्थिक क्षेत्रलाई गतिशिलता दिनका लागि चुनौतिका वावजुद पनि एक्स्पोलाई अघि बढाएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए । उनले स्टलहरुमा उत्साहपूर्ण रुपमा उद्योगी व्यवसायीहरुले सहभागीता जनाएको बताए ।
विराटनगर–२ शंकरपुर मार्गमा सुरु भएको ऐतिहाँसिक सीएनआई कोसी एक्स्पोको उद्घाटन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]