विराटनगर, माघ २१ गते । नेपाल समाजवादी पार्टी निकट समाजवादी ट्रेड यूनियन प्रदेश १ ले अन्तरक्रिया, वनभोज एवं सम्मान कार्यक्रम सम्पन्न गरेका छन् ।
कटहरी गाउँपालिकामा रहेको फन पार्कमा प्रदेश १ का स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुका प्रमुख आतिथ्यमा तीनवटै कार्यक्रम सम्पन्न गरको हो ।
सो अवसरमा पार्टीका विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताको वाक्लो उपस्थितिका वीच पार्टीलाई नयाँ दिशा तिर कसरी अगाडी वढाउने, पार्टी भित्र देखिएको वेतिथीलाई कसरी सुधार गर्ने, पार्टीलाई जिवन्त दिन पार्टीका शिर्श नताहरुमा कसरी सुधार ल्याउन सकिन्छ भन्न विषयमा वृहत छलफल भएका थिए ।
अन्तरक्रिया पश्चिात भातृ संगठनका नेताहरु ट्रेड यूनियनलाई महासंघलाई पु¥याएको योगदान र महासंघ प्रति देखाएको सहयोगको उच्च मुल्यांकन गर्दै सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरका थिए ।
सम्मान पश्चात प्रमुख अतिथी मन्त्री लिम्बुले भने प्रदेश १ मा जनता समाजवादी पार्टीले पाएको स्वास्थ्य मन्त्रालयमा देखिएको वेतिथीहरुलाई हटाउँदै आम नेपाली जनता सम्म सहज स्वास्थ्य उपचार प¥याउनुका साथै पार्टी मागहरुलाई प्रदेश सभामा जोडदार रुपमा उठाउने प्रतिवद्धता जाहेर गर्दै प्रदेश १ को नामाकरण पहिचानको आधारमा राख्नु पर्नेमा जोड दिएका थिए ।
पन गरका थिए ।
त्यसेैगरी जसपाका मोरङ जिल्ला राज कुमार यादवले भने पार्टीका नेता एवं कर्याकर्ताहरूलाई उच्च मनोबलका साथ पार्टीलाई सुदृढीकरण र मजबुत वनाउन लागन आग्रह गरेका थिए ।
उक्त अन्तरक्रिया, वनभोज र सम्मान कार्यक्रम विभिनन संघ, संगठनका पत्रकारहरुका समेत सहभागीता रहेको थियो । सो कार्यक्रम समाजवादी ट्रेड यूनियन प्रदेश १ को अध्यक्ष मोहम्म नसरुलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]