विराटनगर, माघ २१ । विराटनगर–२ शंकरपुरमा जारी सीएनआई कोसी एक्स्पोमा प्रवेश शुल्क र टिकट काट्ने समयलाई परिवर्तन गरी सहज बनाइएको छ ।
हरेक दिन अपरान्ह साढे ३ बजे पछिको टिकट दर २०० रुपैयाँ रहेकोमा त्यसलाई अवलोकन कर्ता दर्शकहरुका चाहना वमोजिम १०० रुपैयाँ कायम गरिएको छ । अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै टिकट दरलाई व्यवस्थित गरिएको एक्स्पो आयोजकले जनाइएको छ । ९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त समय भित्र टिकट दर ५० रुपैयाँ कायम गरिएको जनाइएको छ । ९ कक्षा भन्दा माथिका विद्यार्थी र अरु अवलोकन कर्ताहरुका लागि साँझ साढे ६ बजेपछि भने टिकट दर २०० रुपैयाँ नै कायम रहने छ ।
एक्स्पोमा हरेक अवलोकनकर्ताहरुको सहज उपस्थितिका लागि टिकट दर र टिकट काट्ने समयलाई अझ व्यवस्थित गरिएको सीएनआई कोसी एक्स्पोका मिडिया संयोजक दिवश सुवेदीले जानकारी दिए । साथै टिकट काटिसकेका अवलोकनकर्ताहरुले जुनसुकै समयमा पनि प्रवेशद्वारबाट सहज रुपमा एक्स्पो स्थलमा प्रवेश पाउने व्यवस्था गरिएको जनाइएको छ ।
जारी सीएनआई कोसी एक्स्पो २०७९ को तेस्रो दिन शनिबार साँझ रक संगीतकी हस्ती अभया सुब्बा र उनको द स्टिम इन्जिन ब्याण्डको प्रस्तुति रहेको थियो । त्यसका साथै डिल्ली फोम्बो एण्ड द ब्याण्डले पनि प्रस्तुति दिएका थिए । त्यस्तै स्थानीय संस्कृति ब्याण्डले विभिन्न गीत संगीतको प्रस्तुति प्रत्येक दिन दिदै आएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]