राजेश कुमार राजवंशी
विराटनगर, माघ २६ गते । राजवंशी समाज उत्थान समिति (विराट) ले गुमेको पहिचान, प्रतिष्ठा र परम्परागत सांस्कृतिक मुल्य मान्यता प्राप्तिका लागि १६ वर्षदेखि संघर्ष गर्दै आएका छन ।
उक्त कुरा राजवंशी समाज उत्थान समिति (विराट) को १६औं वृहत भेलाको बारेमा जानकारी दिन उदेश्यले गरेको पत्रकार सम्मेलमा समनजका सभापति भुवनेश्वर मण्डल राजवशीले वताएका हुन ।
सरकारको ध्यानाकर्षण गर्नका लागि विराट राजवंशीहरूको १६ औं वृहत भेला फागुन ६ गते विराट राजवंशी सितलु दास गुठीको प्राङ्गण विराटनगर–४ कन्चनवारीमा हुने भएको छ ।
त्यस अगावै शक्ति प्रदर्शनका लागि माघ २८ गते शनिवार विराटनगरको आर्दश माध्यमिक विद्यालयमा भेलाभई मोटर साईकल ¥याली निकाल्ने भन्दै उक्त ¥याली विराटनगरगरको तीनपैनी, पुष्पलाल चौक, राजवंशी चौक, आयल निगम, कन्चनबारी, शकरपुर, सरोचिया , पिछरा, बखरी, रोडशेष चौक, बलुवाही जतुवा कटकुपा हुदै जहदा गाउँपालिकाको बुधनगर, हरिनगरा, हथिबन्धा, बभनटोलि, बनरखोकिया हुदै कटहरि गाउँ पालिकाको कदमटोलि, जिरात, खुरिया, महेशपुर हुँदै आदर्श विद्यालयमै पुगेर ¥याली समापन गर्ने राजवंशीले वताए ।
विराट राजवंशीहरु पुर्वी नेपालको १ नं. प्रदेशको भुमीपुत्र आदिवासी भएको र उनीहरुको छुट्टै संस्कृति र परम्परा छ । इतिहास हेर्ने हो भने विराट राजवंशीहरु न पहाड वाट झरेका न त बसाई सरेका हो विराट राजवंशीहरुका पुर्खाहरु भुमीपुत्रहरू यस क्षेत्रमा नभई देको भए सायद यो विराटनगर र यो विराट क्षेत्र हुने थिएन । समाजको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
विराट राजवंशीहरुको मागहरुलाई वेवास्ता गरे यसका विरोधमा विराट राजवंशीको मात्र नभई आदिवासी जनजाती सुचिउन्मुख खवास, मुडियारी, राजधामी, कुलुङ, देवान लगायत ४२ वटा जातिहरुको संयुक्त आन्दोलन हुनेछ वताउँदै आन्दोलनबाट हुन जाने क्षतिको जिम्मेवारी राज्यले लिनु पर्ने राजवंशीको भनाई थियो ।
विराट राजवंशीका मागहरु
१. बिराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा छुट्टै सुचिकृत गर ।
२. राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुरक्षित गर ।
३. विराटनगरको प्रथम जातिको रुपमा विराट राजवशीलाई घोषण गर ।
४. १ नं. प्रदेश सभा सदस्यमा यस प्रदेश राजधानीका मुल आदिवासी विराट राजवंशीलाई समानुपातिक रुपमा प्रतिनिधित्वको सुनिश्चित गर ।
५. विराटनगर महानगरपालिका र कटहरी, जहदा, बुढीगंगा, धनपालथान एवम ग्रामथान गाउँपालिका क्षेत्रलाई विराट राजवंशीको स्वायत्त परिषदको व्यवस्था गर ।
६. विराट राजवंशी समुदायको उत्थानका लागि प्रत्येक तह र अङ्गहरुमा छुट्टै आरक्षणको व्यवस्था गर ।
७. भेडियारी स्थित बिराट दरवार क्षेत्रको संरक्षण एवम प्रवर्द्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकिय क्षेत्रको रुपमा विकास गर ।
८. १ नं. प्रदेशलाई विराट प्रदेश घोषण गर ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]