विराटनगर, फागुन २ गते । नेपाल उद्योग परिसंघ प्रदेश १ काे आयनेजना माघ १९ देखि २८ गते सम्म विराटनगर- २ शंकरपुरमा लगाईएकाे सीएनआई काेशी एक्स्पाेका चटपटी, झालमुरी, हवाई मिठाई लगायतका दर्जनाै साना व्यवसायी छुटकाे माग गर्दैन कार्यालय घेराउ गरेका छन ।
उक्त एक्स्पाेमा पानीपुरी, चाउचामीन, चाट, जेरी, चिया लगायतका खाने कुरा विक्रीवितरण गर्न ७ लाख ५० हजारमा गणेश राउतलाई ठेक्का सझाैता गरेका थिए ।
राउतले रीना देवी साह, अमित राउत लगायतलाई ठेक्का लगाईएकाे थियो ।
एक्स्पाेमा खानेकुराहरू विक्रीवितरण नभएकाेले ठेक्का भएकाे रकम तिर्न नसक्ने भन्दै छुट गरीदिन गणेश राउत लगायतले कार्यालय घेराउ गर्न पुगेका हुन ।
नेपाल उद्योग परिसंघ प्रदेश १ अघ्यक्ष भीम घामिरेले भन्ने हाम्राे सझाैता गणेश राउतसंग भएकाे हाे । अरूले के गर्छ हामीलाई थाहा भएन वताए ।
गणेश राउतले राेटे पिङ, साना नानीहरूले खेल्ने पिङ लगायतकाे ठेक्का २८ लाखमा लिएको त्यसमा पनि घाटा भएकाे छ तर पनि त्याे रकम तिर्छु तर साना खानेकुरा वेच्ने व्यवसायीहरूलाई धेरै घाटा लागेकाे कारण तीनीहरूलाई छुट गरीदिनु पर्ने वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]