विराटनगर, फागुन ३ गते । मोरंगको ग्रामथान गाउँपालिका वडा नं. मोटीपुर टोलका २१ वर्षिय दिलचन्द थानदारको शरीरमा आगो लागेर पुरै शरिर पोलेका छोराको उपचारमा सहयोग गर्न आमा–बुवा गाउँटोलमा भौतारी रहेका छन् ।
आमा पुनीत माझी र बुवा परशुराम थानदारल विगत दुइृ महिना देखि गाउँ–गाउँमा सहयोगका लागि हात फैलाउँदै आइरहेका छन् । परिवारको आर्थिक अवस्था कमजोर हुँदा छोरा दिलचन्द थानदारको उपचार गराउन नपाउँदा घरको औछ्यानमा एतिवेला छटपट्याई रहेको छ ।
२१ वर्षीय दिलचन्द थानदार दुई महिना अगाडी शरिरमा आगोले पोलेर घरमा थलिएका हुन् । छोराको उपचारका लागि उनका आमाले घरमा रहेको एउटा खाट समेत बेचेर जसो तसो गरेर समाजको सहयोगमा विराटनगर स्थित कोशी अस्पतालमा छोरालाई उपचारका लागि पु¥याएका हुन् ।
एका बिहानै उठेर छोराको उपचारको लागि छर छिमेसंग सहयोग माग्न जान्छीन् । घरको आर्थिक अवस्था दयनीय भएकै कारण अरुको घरमा सहयोग माग्न बाध्यको रुदै दिलचन्दकी आमाले दुःखेसो पोखिन । छोराको उपचार कोशी अस्पतालमा सम्भव नभएपछि उनलाई फेरी घरमै फर्काएका थिए । छोराको उपचारका लागि उनका आमा र बुवाले मनकारी मनभएका हातहरुसंग सहयोगको याचना गरेका छन् ।
आर्थिक अभावको कारण उपचार गराउन नसकेर छोरालाई घरमै राखेको उहाँको भनाई छ । उनको बुवाको पनि भरपर्दो कमाइ छैन । उनीहरु अरुको घरमा जनमजदुरी गर्ने काम गर्छन् । लोहन्द्रा खोला किनारमा परालको छानौ भएको घरमा जिवन यापन गरि रहेका छन् ।
सुकुम्बासी रहेका थानदारको घर पनि जीर्ण भइसकेको छ । सुत्दा ओड्ने र ओछ्याउने पनि छैन । पिडीत थानदारको बिजोग देखेर उनलाई फेरी स्वास्थ्य उपचारका लागि कोशी अस्पतालसंम्म पु¥याएको स्थानीय खिल प्रसाद दाहालको भनाइ छ । उहाँले पनि मनकारीहरुसंग सहयोगगरी दिनका लागि आग्रहगर्नु भएको छ । थानदारको उपचारका लागि सहयोग जुटाउन छिमेकी सुदेश चौधरी गाउँ–गाउँमा सहयोग माग्दै आइरहेको वताए । स्थानीयहरुबाट सहयोग उठाएर पीडित दिलचन्दको उपचारमा थौरे भएपनि सहयोग जटाएको चौधरीले वताए ।
ग्रामथान गाउँपालिका वडा नंः ४ का वडाअध्यक्ष बद्रिनारायाण माझीले उनको विजोग देखेर थौरे भएपनि सहयोग गर्ने प्रतिवद्धता गर्देै पीडित थानदरको उपचारमा सहयोग गर्न देश विदेशमा रहनु भएका नेपालीहरुमा आग्रह गरेको छन ।
पीडितको घरमा अहिले चुलो समेत बलेको छैन् । पीडित थानदारका हजुरआमा लगायत उनका आफन्तहरु मनकारी सहयोगीहरुलाई घरका देलोमा पर्खीरहेको भेटिन्छ ।
पीडित दिलचन्दको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न १० देखि १५ लाख रुपैयाँ खर्च लाग्ने छ । स्किन सम्वन्धी सुविधा सम्पन्न अस्पतालमा उपचार ग¥यो भने उपचार सम्भव छ एक डाक्टरले वताए ।
तसर्थ उनको परिवारका सवै सदस्यहरुले उपचारमा मनकारी हातहरुलाई सहयोग गरिदिन आग्रह गरका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]