विराटनगर, फागुन ८ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विरटनगरले प्रदेश १ मा रहेकाे १४ जिल्लामा सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सार्वजनिक गरेका छन ।
प्रदेश १ मा मानव अधिकारकाे अवस्था बारे पत्रकार हरूसंग गरिएकाे भेटघाट कार्यक्रममा साे कुरा सार्वजनिक गरेका हुन ।
उक्त मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू
सन् २०२२ (सन् २०२२ जनवरीदेखि डिसेम्बरसम्म) मा इन्सेक अभिलेखअनुसार सन् २०२२ मा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९ सय ७० जना पीडित भएकाे इन्सेक संयाेजक साेमराज थापाले वताए ।
उक्त सङ्ख्या गत वर्ष सन् २०२१ भन्दा ५१ जनाले बढी हो । गत वर्ष सन् २०२१ मा ९ सय १९ जना पीडित भएका थिए । यस वर्ष मानव अधिकार उल्लघनका घटनामा राज्य पक्षबाट ५२ जना र अन्य पक्षबाट भएका मानव अधिकारका ज्यादतीका घटनामा ९ सय १८ जना पीडित भएकाे छ ।
त्यस मध्ये महिला अधिकार उल्लङ्घनका घटनामा ५ सय ५० जना र बाल अधिकार उल्लङ्घनका घटनामा २ सय ९९ जना पीडित भएको इन्सेक अभिलेखमा छ ।
प्रदेश १ मा अपहरणका घटनामा दुई जना, गिरफ्तारीका घटनामा २० जना, कुटपिटका ५६ जना, बाल अधिकारका घटनामा २ सय ९९ जना, हिरासतमा मृत्यु एक जना, अमानवीय व्यवहार घटनामा एक जना घाइते ४५ जना हत्या ७४ जना, जातीय विभेद एक जना अभिव्यक्ति मेला तथा सङ्गठित हुने अधिकार ५ जना, धम्की एक जना महिला अधिकारका घटनामा ४ सय ५७ जना र कारागारमा मृत्यु चार जना गरी ९ सय ५० जना पीडित भएका छन ।
प्रदेश १ का १ सय ३७ स्थानीय तहमध्ये ११ स्थानीय तहमा मानव अधिकार उल्लघन तथा ज्यादतीका घटना अभिलेख भएनन् । दमक नगरपालिकामा सबैभन्दा बढी ४३ जना पीडित भएको छ भने सय स्थानीय तहमा १ देखि १० जना पीडित भएको, १३ स्थानीय तहमा ११ देखि २० जना पीडित भएको, ११ स्थानीय तहमा २१ देखि ९ जना पीडित भएको, ३० जना भन्दा बढी पीडित रहेका दुई ओटा स्थानीय तह छन् ।
सन २०२२ मा प्रदेश १ मा मोरङको लेटाङमा भएको प्रहरी जवानको हत्या, बालिकामाथिका सामूहिक बलात्कारपछिका श्रृखलावद्ध हत्या र उदयपुरमा स्थानीय तह निर्वाचन ०७२ वैशाख ३० गते प्रहरीको गोली प्रहारबाट भएको मृत्यु घटनाले नागरिकले बाँच्न पाउने अधिकारबाट वञ्चित हुनु परेको दृश्य देखाएको छ।
सन् २०२२ मा सम्पन्न निर्वाचनसँग सम्बन्धित मानव अधिकार उल्लङ्घन र ज्यादतीका १७ घटनामा प्रदेश भित्र ४० जना पीडित भएको, राज्यपक्षबाट भएका पाँच घटनामा ३१ जना र अन्यपक्षबाट भएका तीन प्रकारका घटनामा १६ जना पीडित भएको इन्सेक अभिलेखमा छ।
इन्सेक प्रदेश १ कार्यालय विराटनगरले यस वर्ष खोटाङमा ६ वर्षअघि शङ्कास्पद अवस्थामा मृत भेटिएका एक जना बालिकासहित दुई जना महिलाको परिवारले न्याय नपाएको विषयमा इन्सेकले पहल गरेकाे थापाले वताए ।
त्यसैगरी मुलुकभरी सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा राज्यपक्षबाट ६ सय २२ जना तथा अन्यपक्षबाट ६ हजार ७ सय १४ जना गरी जम्मा ७ हजार ३ सय ७६ जना पीडित भए । सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भएका थिए । गत वर्षभन्दा यो वर्ष १ हजार ९१ जनाले बढी रहेकाे छ । जसमा मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ५० जना महिला र ५ सय ७२ जना पुरुष गरी जम्मा ६ सय २२ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ५ हजार ९ सय ४४ जना महिला ८ सय ७ जना पुरुष र ३ जना अन्य (यौनिक अल्पसङ्ख्यका गरी जम्मा ६ हजार ७ सय ५४ जना पीडित भएको अभिलेख रहेकाे छ।
यस वर्ष राज्यपक्षबाट १ जना महिला र ४ जना पुरुष गरी ५ जनाको हत्या भयो । यातनाका घटनामा ४ जना गिरफ्तारीका घटनामा ८९ जना, जातीय विभेदका घटनामा २२ जना अमानवीय व्यवहारका घटनामा २५ जना भेला तथा सङ्गठित हुने अधिकारमा ४ सय ५ जना, धम्कीका घटनामा २७ जना र कुटपिटका घटनामा ४ सय ४८ जना पीडित भएको अभिलेख भयो । यस वर्ष बाल अधिकार उल्लघनका घटनामा ए हजार ४ सय १४ जना बालिका र ३५ जना बालक गरी जम्मा १ हजार ४ सय ५३ जना पीडित भए । यस वर्ष महिलामाथि हुने हिंसाका घटनामा ४ हजार २ सय २७ जना पीडित भएको अभिलेख इन्सेकले गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]