विराटनगर, फागुन १६ गते । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले मार्च ८ मा विश्वव्यापी रुपमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसर परेर
महिलाहरूकाे सम्मानमा पाठेघरको मुख सम्बन्धी क्यान्सर जाँच निःशुल्क र अन्य उपचारमा समेत छुट दिने घाेषणा गरेका छन् ।
अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरुमा मार्च महिना अर्थात (१७ फाल्गुण देखि १७ चैत्र २०७९ ) भरि विभिन्न प्रकारका छुट दिने कुरा पत्रकार सम्मेलन गरी अस्पतालको मेडिकल डाइरेक्टर प्रो डा शैलजा क्षेत्री (श्रेष्ठ) ले जानकारी दिनुभयाे ।
प्रसुती तथा स्त्री रोग ओपिडी सेवालाई निःशुल्क, ओपिडी सेवाको जाँचमा २५ % छुट, पाठेघरको मुख सम्बन्धी क्यान्सर जाँच निःशुल्क,१०० जना महिलाको पाठेघर सम्बन्धी क्यान्सर सम्बन्धि प्याप स्मिर र काेल्पाेस्काेपी जाँच निःशुल्क गरिने भएकाे छ ।
त्यसैगरी सम्पुर्ण महिला सेवाग्राहीलाई अस्पतालले प्रदान गरिरहेको सम्पुर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
बेलबारी नगरपालिका वडा नं ७ बाहुनीसंगको समन्वयमा निःशुल्क बृहत स्वास्थ्य शिविर को आयोजना गर्नुको साथै स्वास्थ्य बाहुनी अभियानको थालनी गर्ने भएकाे छ।
महिला हेल्थ प्याकेजमा स्तन क्यान्सर सम्बन्धी परामर्श तथा जाँच, स्तन क्यान्सरको शुरुवाती पहिचान कसरी गर्ने भन्ने विषयमा सचेतना तथा परामर्श र जांच सेवा समेत दिने भएकाे छ ।
डडनिःशुल्क सेवा लिने महिलाहरुको परिवारका सदस्यहरुलाई पनि विभिन्न स्वास्थ्य सेवाहरुमा छुटको व्यवस्था गरिएको अस्पतलले जनाएकाे छ ।
महिलाहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिइनेछ र आवश्यक परे मनोचिकित्सको परामर्श पनि निःशुल्क उपलब्ध गरउने भएकाे छ ।
अन्तर्राष्ट्रिय महिला दिवसमा अस्पतालले विगत ६ वर्ष देखि विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि विभिन्न कार्यक्रमहरु गर्दै आएका छन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]