विराटनगर, फागुन २२ गते । मोरंगको कटहरी गाउँपालिका वडा नं. ७ जंगलटोल तकिया सडक खण्डमा ट्रिपरको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
माटो आसार्ने क्रममा ट्रिपरको ठक्कर लागि ग्रामथान गाउँपालिका वडा नं. ६ नेता चौक बस्ने ३३ वर्षिय पपु सहनीको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश १–०२–००१ क ३८९३ नम्बरको टिपरले बिपरित दिशाबाट आउदै गरेको को २२ प ७८२३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कन्छाराम कन्ट्रकसनका टिफरले मोरङको कटहरी–७ मा केहि समयदेखि माटो आसार्ने काम गर्दै आईरहेका थिए । ट्रिपर चालक जिल्ला काभ्रे पाँचखान नगरपालिका–६ का ५९ बर्षीय श्याम बहादुर मगरले आफु टिफर नचालाएर स्थानीय युवा सागर खनाललाई टिफर चलाउन दिएपछि दुर्घटना भएको स्वीकार गरेको छ ।
प्रत्यक्षदर्शी सुन्जय कुमार सरदारले जनाउनुभयो ।
खनालले टिफर सिकने क्रममा दुघृटना गराएको प्रत्यक्षदर्शी सुन्जय कुमार सरदारले जानकारी गराए । मृतकका आफ्न्तहरुले तत्काल टिफर चालक खनाललाई पक्राउ गर्न प्रहरीलाई दवाव दिएका दिएका थिए । मृतक सहनीको परीवारलाई न्यायका लागि उनका भतिजा बिक्रम सहनीले आग्रहगर्नुभयो ।
प्रत्यक्षदर्शीहरुले दिएको बयानको आधारमा दोसी माथी प्रहरीले कारवाही नचलाएमा आन्दोलन गर्ने चेतवनी मृतकका भतिजा विक्रम सहनीले दिएको छ ।
मृतक सहनीको सव पोष्टमार्डम गर्नका लागि प्रहरीले कोशी अस्पतालमा पु¥याएको थियो । घटनामा संलग्न रहेको भन्दै टिफर चालक श्याम बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]