विराटनगर, फागुन २६ गते । संघियता र परिवर्तनका विरोधीहरुको अहिले हालीमोहाली रहेको अखिल नेपाल क्रान्तिकारी ट्रड युनियन महासंघका अध्यक्ष इशवर तिम्सिनाले वताएका छन् ।
मजदुरहरुको रोजगारी तलववृद्धि, निःशुल्क स्वास्थ्य सुरक्षा र अधिकारको निम्ती सधर्षको आह्वान, त्रान्तीकारी कार्यदिशाको विकास, जागरण र एकताको निम्ती पाँचौ राष्ट्रिय सम्मेलन नाराका साथ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको सम्मेलनको समुद्घाटन गर्दै तिम्सिनाले सो कुरा वताएका हुन् ।
अहिले सत्ताामा रहेकाहरुलाई नै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगाय तसवै थोक चाहिने र देशलाई लुट्नेहरुको हाली मुहाली भएको भन्दै पूर्व माओवादीहरु पार्टीका एकताका कुरा गरि रहेका छन् त्यो भ्रममा नपर्न आमजनसमुदायलाई लआग्रह गरेका थिए ।
पार्टी एकता सिद्धान्त, विचार र कार्यविधी लक्षित कार्यक्रमसंग विचार मिल्नेहरुसंग मात्र एकता हुन सक्छ । क्रान्ती कारी धारवोकेका पार्टीहरु एक हुनु पर्छ वहांको भानई थियो । सामराज्य गुटको केन्द्र हो अवसरवाद र संसोधनवाद फुटको जड हो । नेपाली जनताले क्रान्तीकारी कम्यूनिष्ट चाहन्छन जुन कम्युनिष्टहरुले गरको विकासलाई जनता हेर्न चाहन्छन् । समान्तवादवाट मुक्ती पाईन्छ भनेर नेपालीहरु कम्युनिष्ट आन्दोलनमा लागेको तिम्सिनाले दावी गरे ।
मधेश आन्दोलन, २०६२÷०६३ का आन्दोलन जसले राजतन्त्रको अन्त चाहन्थे, परिवर्तन चाहन्थे ती सवैकुरा जनयुद्धको बलमा भएको थियो । क्रान्तीकारीहरु लुरुलुरु कहिले यता कहिले उता गरेर क्रान्ती हुन्छ । त्यसताले परिवर्तको नेतृत्व गर्छु भनेर फेरी जनतालाई धोका दिने । अव जनताको वीचमा सर्वहराको वीचमा मैले गल्ती गरे अव गर्दिन जनतासंग समर्पन गरेमात्र ती अवसरवादीहरुलाई आम नेपाली जनताले क्षमा दिने वहाँको भनाई थियो ।
अहिले देशमा गरीव निमुखा जनतालाई लुघुवित्त बैक र बैकहरुले शोसन गरी रहका छन् । लघुवित्तको मिटर व्याजले आम गरीव, मजदुर जनता मरि रहेका छन् । सरकारी ओहदामा बसेकाहरुले बैकमा पैसा राखेका छन् । त्यसैले सरकारमा रहेका सामन्तीहरु जहाँ आफ्नो सम्पत्ती राखेका छन् त्यही एकपटक गरीव र उत्पीडितहरुले बैकहरुलाई कब्जामा लिई धावा वोल्नु पर्छ । भ्रष्टाचारीहरुलाई सम्मान र मजदुरहरुलाई थुन्ने जेलहरुलाई भत्काउनु भत्काएर अहिलेको शासन व्यवस्थालाई भत्काएर ल्याउनु पर्ने अहिलेको वाध्यता भएको प्रमुख अतिथी नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्त हरिभक्त कडेल वताए ।
नेकपा (क्रान्तिकारी माओवादी) समर्थक अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको पाँचौ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा जनप्रदर्शन गरेका थिए । विराटनगर महानगरपालिका अगाडीवाट शुरु गरिएको प्रदर्शन मुख्य बजारका परिक्रमा गरी जनआन्दोलन चौकमा पुगेर कोण सभामा परिनत भएको थियो । उक्त सम्मेलन फागुन २७ र २८ गते सम्म चल्ने छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]