विराटनगर, चैत ९ गते । नेपाल प्रहरीलाई एक गोलले पराजित गर्दै आयोजक विराटनगर सिटी फुटबल क्लव विजय भएका छन् ।
विराटनगरको सहिद रंगशालामा शुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिन सुरु भएको छ । विराटनगर सिटी फुटबल क्लव र नेपाल प्रहरीबीच प्रतिस्पर्धा भएको थियो । उद्घाटन खेलको मेन अफ दि म्याच विराटनगर सिटी फुटबल क्लवका जर्सी नं. ६ का उत्सव राई भएको छ । उनलाई आयोजकको तर्फवाट ११ हजारको चेक हस्तान्तरण गरिएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए ।
प्रतियोगिताको दोस्रो खेल चैत १० गते नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो खेल चैत ११ गते सशस्त्र प्रहरी र भुटानको ड्रुक लयुल फुटबल क्लबबीच हुनेछ । यस्तै चैत १२ गते संकटा क्लब (एस.बी.एस.सी) र भारतको लुका सकर क्लबबीच हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेलहरू चैत १३ र १४ गते हुनेछ भने फाइनल खेल १६ गते हुनेछ ।

प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । आयोजकले गत संस्करणमा १५ लाख १५ हजार रहेको पुरस्कार राशीमा ५ लाख वृद्धि गरेर २० लाख १५ हजार पु¥याएको हो । आयोजक विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । गत संस्करणमा उपविजेताले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।
यसपटक विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ, हरेक दिनको प्लेयर अफ दि म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । आयोजकले क्वाटरफाइनलसम्मको खेलका लागि प्रति टिकट २ सय रुपैयाँ निर्धारण गरेको छ भने सेमिफाइनल र फाइनल गरी ३ वटा खेलको लागि खल्ती एपबाट किन्दा ४ सय र रंगशालाकै स्टलबाट किन्दा ५ सय रुपैयाँ टिकटदर तोकेको छ । प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]