विराटनगर चैत १७ गते । जैन अन्तराष्ट्रिय व्यापर संगठनद्धारा विभिन्न अन्तराष्ट्रिय च्यापटरका शहरहरुमा शनिवार अर्थात अप्रिल १ तारेखका दिन अहिन्सा दौड प्रतियोगिता हुँदैछ ।
सोही अवसर पारेर भोली शनिवार १० किलो मिटर, ५ किलो मिटर र ३ किलो मिटर अहिन्सा दौड प्रतियोगिता गर्ने कुरा पत्रकार सम्मेलन गरी जीतो महिला विंग विराटनगर शाखाकी अध्यक्ष सन्तोष जैनले पत्रकार सम्मेलन गरी जानकारी गराए ।
उक्त दौड प्रतियोगितामा करीब ५ सय महिला पुरुषहरुले भाग लिने भएको छ । १० किलो मिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई ११ हजार राशीको नगद पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी ५ किलोमिटर अहिन्सा दौड प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार, द्धितीय हुनेलाई ७ हजार र तृतीय हुनेलाई ५ हजार राशीको नगद राशीको पुरस्कार प्रदान गरिने छ भने ३ किलोमिटर दौड प्रतियोगितमा समेत प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिने जैनले वताए । अहिन्सा दौड प्रतियोगितामा करीब ७ लाख खर्च लाग्ने भएको छ ।


जैन अन्तर्राष्ट्रिय व्यापार संगठन (जितो) नैतिक व्यापार अभ्यासहरुको महिमा झल्काउने जैन व्यापारी, उद्योगपति, ज्ञानकर्मी र पेशेवरहरूको विश्वव्यापी संस्था रहेको छ । सामाजिक–आर्थिक सशक्तिकरण, मूल्यमा आधारित शिक्षा, सामुदायिक कल्याण, करुणाको प्रशिक्षण, र विश्वव्यापी मित्रता मार्फत सँगी प्राणीहरूको उत्थान हासिल गर्न गठन गरिएको छ । आपसी अन्तरक्रिया मार्फत, जितो ले योजना बनाउन, रणनीति बनाउन र सामाजिक र व्यापार सञ्जालका लागि बाटो खोल्न नेटवर्क स्थापना गर्न उदेश्य रहको छ । यो सन् २००७ देखि अस्तित्वमा छ ।
जितोको विविधता र समावेशी संस्कृतिको एक भागको रूपमा, जितो लेडीज विंग गठन र जितोको एक अभिन्न अंग हो जहाँ महिला केन्द्रित पहलहरु विश्वभर संचालित हुन्छन् ।
अहिंसा रन पछाडिको उद्देश्य अहिंसाका सिद्धान्तहरूको वरिपरि जागरुकता ल्याउनु हो । अहिंसा एक प्राचीन आध्यात्मिक अवधारणा हो जुन सबै प्रकारका हिंसाबाट बच्न र सबै जीवित प्राणीहरुलाई सम्मान गर्ने वरिपरि केन्द्रित छ ।
एउटै म्याराथनमा अधिकतम धावक÷सहभागीहरू सहित, एकै दिन, धेरै स्थानहरूमा यस कार्यक्रमलाई ’गिनिज बुक अफ वल्ड रेकर्ड“ र “लिम्का बुक अफ रेकर्डस मा लेखे लक्ष्य राखेको जैनले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]