विराटनगर, चैत २२ गते । खेलकुदमा पदक विजेता कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले १० जना खेलाडीहरुलाई सम्मान गरेका छन् । सो सम्मान कार्यक्रमलाई सम्वोधन गर्दे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको वताए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागि भई विभिन्न विधामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा वताएको हो । उहाँले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानूनी प्रक्रिया पुर्याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरुलाई निर्देशन समेत दिनु भएको छ ।
त्यसैगरी उहाँले विकास बोर्डलाई चाहिने आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने जानकारी गराउँदै आर्थिक मन्दि आए पनि प्रदेशका खेलकुद गतिविधिलाई प्रभावित हुन नदिने प्रतिवद्धता जनाउनु जहेर गरेका थिए ।
खेलकुद क्षेत्रलाई कोशी प्रदेशकै पहिचानको रुपमा अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताउँदै झापाको कमल गाउँपालिकामा अवस्थित रङ्गशालालाई आदिवासी जनजाति रङ्गशालाको रुपमा निर्माण गर्न कोशी प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी गराउँदै कार्कीले भने ‘नेपालको क्रिकेट खेलले ठूलो आशा जगाएको छ, मोरङको झापा वैजनाथपुर स्थित रङ्गशालालाई तीनवर्ष भित्र अन्तराष्ट्रिय स्तरको रङ्गशालाको रुपमा निर्माण सम्पन्न गर्ने गरी कोशी प्रदेश सरकारले काम अगाडि बढाउनेछ ।’ मुख्यमन्त्रीकार्कीले कोशीप्रदेश सरकारले आगमी २÷३ वर्ष भित्र खेलकुदको क्षेत्रमा सन्देश दिने गरी काम गर्ने दाबी गरेका थिए ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले राष्ट्रिय स्तरका खेलाडीहरु राष्ट्रिय व्यक्तित्व भएकाले अनुशासनमा ध्यान दिनुपर्ने वताए । उक्त सम्मान कार्यक्रम कोशीप्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न विधाका पदक विजेताहरु ललित राजवंशी र दीपेश कँडेल एक लाख ११ हजार १११, सञ्जय राई ३० हजार, प्रिय राईलाई एक लाख नगद डेनिका राईलाई २५ हजार, सागर यादव १५ हजार, निमाजि सीलाई १५ हजार, अंशु मण्डल, रंजु चौधरी र पूजा चौधरीलाई पाँच–पाँच हजार नगद सहित सम्मान गरिएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]