विराटनगर, श्रावण ३ गते । प्रदेश नं. १ को मोरंग जिल्लाको केराबरी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीलाई कार्यालय मै खुकुरी प्रहार गरी घाईते बनाएको आरोपमा पक्राउ परेका आरोपी पुर्पक्षको लागि जेल चलान भएको छ ।
खुकुरी प्रहार गर्ने सोही गाउँपालिका भाले भनेर चिनिने भवन ठकुरीलाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
गाउँपालिकाले लगाउने पटक करको ठेक्का नपाएको भन्दै ठकुरीले अध्यक्ष कार्कीमाथि साउन २ गते गाउँपालिको उपाध्यक्ष शान्तकुमारी लिम्बु भुजेलको कार्यकक्षमै चक्कु र खुकुरी प्रहार गरि घाइते बनाएका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]