विराटनगर, जेठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा अखिल नेपाल महिला संघ विराटनगर–८ ले प्रगती विनायक टोलमा रहको गणेश मन्दिर छेउमा रहेको जेष्ठ नागरिक पार्कमा वृक्षा रोपन गरेका छन् ।
पैसा तिरेर किन्नु पर्ने अक्सिजन, विरुवा रोपेर सित्तैमा लिऔं नाराका साथ दुई दर्जन विरुवाहरु रोपेका छन् । विरुवा रोप्ने कार्यको शुभारम्भ विराटनगर–८ का वडा अध्यक्ष राम राम पोखरेलले गरेको हो ।
अखिल नेपाल महिला संघ वडा नं. ८ को आयोजना र नेकपा एमाले वडा नम्बर ८ को सहकार्यमा संघकी सदस्य तारा राय, पवित्रा विश्वकर्मा, तिला शर्मा लगायतको उपस्थितिमा कल्की–१२ थान, धुपी–५ थान, भ्याङोस्ट्रेक–४ थान, सिरीस–४ थान, निम–१ थन र अशोक–१ थान लगायतका विरुवाहरु रोपेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]