विराटनगर, जेठ ३१ गते । वृहत मधेशी नागरिक समाज केन्द्रीय समिति विराटनगरले नवौं स्थापना दिवस भव्य रुपमा सम्पन्न गरका छन् ।
नवौं स्थापना दिवसको अवसरमा शितल धर्मशालामा वृहत कार्यक्रमको आयोजना गरी केक काटेर मनाएका हुन् । सो कार्यक्रममा उपस्थित प्रबुद्ध व्यक्तित्वहरुले मधेशी जनताको अधिकारको लागि खोलिएको राजनीतिक दलहरुले आ–आफ्नै स्वार्थ पुर्तिमा लागी टुटफुट भएकोले मधेशी जनता अधिकार पाउनवाट वंचित भएको वताए । अधिकार प्रप्तीका लागि मधेशी राजनीतिक दलहरु एक जुट हुने पर्ने विचार राखेका थिए ।
सो कार्यक्रमा नागरिक अभियानका अगुवा बलराम यादव, जनमत पार्टीको केन्द्रिय सदस्य परमेश्वर मुर्मु, अधिवक्ता रामलाल सुतिहार, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य संजय सिंह, रामअशिस महतो, श्यामनन्द शर्मा, मुस्लीम समुदयवाट तवरेज हक लगायतले आ–आफ्नो विचार राखेका थिए ।
उक्त कार्यक्रम आवधारण पत्र प्रस्तुत गर्दै वृहत मधेशी नागरिक समाजका केन्द्रिय अध्यक्ष सूर्यनाथ प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

वृहत मधेशी नागरिक समाजको अवधारणापत्र २०८० पूर्णपाठ
आज हामी ९ वर्ष पूरा गरी विभिन्न कठिनाई र कालखण्ड पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौ । नेपालबाट निरंकुश राजतन्त्रको अन्त्य भयो, तर एक नश्लिय जातिवादको भूमरीमा छ यो देश । आर्थिक, समाजिक, राजनीतिक, भौगोलिक सबै तर्फ लथालिंग हुन गएको छ । एकलौटी मनपरी विभेदपूर्ण बतावरणको श्रृजना भएको महसुस हुन लागेको छ । समानताको वातावरण अझ बनेको छैन । चारैतिर स्थानीय, प्रदेश र संघिय सरकार तथा हरेक निकायमा भ्रष्टाचारको घटनाहरू प्राय सुनिने, देख्ने गरेको पाइन्छ । यहाँ सम्म कि नेपाल सरकारका उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, उच्च पदस्थ कर्मचारीहरु र उनका छोराछोरीहरूको पनि भ्रष्टाचारमा प्रत्यक्ष संलग्नता देखिएको छ । सरकारले करिव १६÷१८ जनालाई समाती छानविन गरी कारबाही थालेको छ । हामीले दवावमूलक कार्यक्रम सञ्चालन गरि जनसमुदायको मनस्थिति बुझि ठाउ ठाउबाट सरकारलाई ज्ञापनपत्र मार्फत् बुझाई सशक्त कारबाही गरी रकम समेत असुल उपर गरी गराउन मांग गरेका छौ । देशका लाखौं युवाहरू विदेश पलायन भएर कठिनाईका साथ जीवन बिताइरहेका छन् र देशलाई रेमिटेन्स पठाउने काम गर्दैछन । यो युवाहरुमा सबै जात जातिका सबै क्षेत्रका छन् जसको कमाईबाट देशको आर्थिक स्थिति सवल भै रहेको छ । येस्तै युवाहरु अझ नागरिकता विहिन भएको कारणले बाच्न, जीवनयापन गर्नर मृत्युतुल्य जीवन बिताउन बाध्य छन् । यस्ता युवाहरु प्रायः पहुंच नहुने र विभेदमा परेकाहरु नै बढी छन् । देशमा भ्रष्टाचारका धेरै काण्डहरु भएका छन् । भर्खरैको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्ड निकै चर्चित र देशको आर्थिक स्थिति कमजोर पार्ने र निन्दनीय रहेको छ । यसले विदेशमा नेपालको गरिमा र मानसम्मानमा पनि प्रतिकुल असर पार्ने र नेपालीलाई हेय दृष्टिले हेर्ने वतारावणको श्रृजना भएको छ । अतः हाम्रो साखमै प्रश्नचिन्ह खडा भएको छ । पटक पटक हाम्रा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पार्टीका अध्यक्षज्यूको बैठक बसेको देख्छौं, तर सही निर्णय गरेको पाइएको छैन । जनतामा अब कहि कतै यिनीहरूको पनि संलग्नता त छैन भन्ने शंका उपशंका पनि उठन थालेको छ प्रमाणीकरण नगरी त्यसै थन्काईएको नागरिकता विधेयक राष्ट्रपतिज्यूबाट प्रमाणीकरण हुनु र पुनः अदालतबाट रोक लगाउनु पनि भ्रष्टाचार काण्डलाई रोक्न त होइन? जुन सरकारको अध्यक्षतामा भ्रष्टाचार भएको छ त्यो प्रधानमन्त्री पनि जिम्मेवार होईन र कारबाही गर्नुपर्ने हो कि होईन ? जनता नागरिक जान्न चाहान्छ । पार्टीका नेता कार्यकताहरु प्रति जनताको विश्वास हराउन थालेकोले नयाँ पाटीका नयाँ अनुहार र स्वतन्त्र उम्मेदवारलाई नै यस पटकको चुनावमा जिताएको छ । यसको श्रेय नागरिक समाज को हो । तर जनता, नागरिक समाज अब सजग भै सकेको छ, नियालेर हेर्दै छ । यसमा जो सुकै परे पनि कारबाही त गर्नैपर्छ । यस स्थापना दिवसमा यो बृहत मधेशी नागरिक समाज बिराटनगरले देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र सर्वसाधारण सबैमा आ–आफ्नो ठाउँबाट कसरी देश, जनता मजबूत हुन्छ, सोचनीय, लगनशिल भै, विभेदपूर्ण बतावरणको अन्त्य गर्ने काममा लाग्न सादर अनुरोध छ । सामाजिक र नश्लीय विभेदलाई हटाई सामाजिक न्याय र समानतालाई आत्मसात गरौं भन्ने नारा सहित यस स्थापना दिवसमा पाल्न हुने सबैमास्वागत सहित हार्दिक आभार व्यक्त गर्दै यो अवधारणा पत्र, २०८० सबैमा प्रस्तुत गरेका छौ । बृहत मधेशी नागरिक समाज केन्द्रिय समिति विराटनगर परिवार । २०८०साल जेठ ३१ बुधवारा

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]