विराटनगर, अषाढ ८ गते । मोरंगको कटहरी गाउँपालिकाका अध्यक्ष देवरमज चौधरी विरुद्ध लगायत ३ बुद्धे माग राखेर विहीवार देखि सोही गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जदुलाल कामत र सदस्यहरुले आमरण अनशनमा एक्यबद्धता जनाएको छ ।
नेकपा एमालेका कटहरी गाउँपालिका इनचार्ज सुभाष सरदार भने चौधरी विरुद्ध र चाडो भन्दा चाडो हुलाकी राजमार्गको कटहरी खण्डाको निर्माण कार्य सम्पन्न लगायतको माग राखेर वडा अध्यक्षले गरको आन्दोलनलाई समर्थन जनाउँदै शनिवार ८ बजे देखि १० बजे सम्म कटहरी गाउँपालिकावाट निर्वाचित नेकपा एमालेका जनप्रतिनिधीहरु समेत अनशनमा बस्ने वताए । सोही अनसन स्थलमा नेकपा एमालेका यूवा नेता मुकेश वुढाथोकीले एकयवद्धता जनाउँदै उठाएका जायज मागलाई सम्वोधन गर्न सम्वन्धित पक्षसंग माग गरेका छन् ।
कटहरी गाउँपालका अध्यक्ष चौधरीले गाउँपालिकाको लेटर प्याडलाई दुरुपयोग गरी कटहरीका यूवाहरु माथि मुद्दा चलाएको ती मध्ये १ जना प्रहरी हिरासतमा रहको र अन्य फरार रहेको भन्दै ती यूवाहरुको मुद्दा निर्शत फिर्ता गर्नुपर्ने र पक्राउ परेकोलाई रिहा गर्नु पर्ने माग राख्दै वडा अध्यक्ष लगायत सदस्यहरु समेत आमरण अनशनमा बसेका छन् ।
दुवै पक्षलाई कटहरी गाउँपालकाका उपाध्यक्ष सितादेवी राजवंशीले सहमती गराउन पहल गरि रहेको छ । राजवंशीका अनुसार अध्यक्ष चौधरीले जे कुरा छ वडा अध्यक्षले आमरण अनशन छोडेर मलाई भन्नु प¥यो र वडा अध्यक्षले अध्यक्ष चौधरी म निर आउनु पर्ने अडानले वार्ता अगाडी वढेको छैन । दुवै पक्षलाई सहमती गराउन पहल जारी रहको उपाध्यक्ष राजवंशीको भनाई छ ।
अध्यक्ष चौधरीले हुलाकी सडक अवरोध गर्ने क्रममा मलाई अवशब्द प्रयोग गरको भन्दै जिल्ला प्रहरी कार्यालय मोरंगमा स्थानीय राजेश कामत, शंकर पासवान, राजा कामत, महेश कामत र विकेश मण्डल कारवाही गरी पाउन उजुरी दिए पछि प्रहरीले राजेश कामतलाई पक्राउ गरेका छन् भने अन्य फरार रहका छन् ।
तीनीहरुको विरुद्धमा दर्ता गराएको मुद्दा अध्यक्ष चौधरीले फिर्ता लिई निशर्त रिहा गर्न, हुलाकी राजमार्ग चाँडो भन्दा चाँडो निर्माण गर्न र मृतक परिवारलाई क्षति पुर्ति दिलाउन वडा अध्यक्ष कामत सहित सदस्य शुलेखा मण्डल, बुधनी देवी पासवान लागय आमरण अनशनमा बसेका छन् ।
हुलाकी राजमार्गको निर्माण कार्यमा ठेक्केदार र पेठी ठेक्केदारले काम ढिला सुस्ती गरेको काम छाडेर ठेक्केदार भागेको कारण सडकको दुराअवस्था रहको कारण सवारी दुर्घटनामा परी कटहरी गाउँपालिका दुई जनाको मृत्यु भएको भन्दै मृतक परिवारलाई क्षतिपुर्ति र हुलाकी सडक चाडो निर्माण कार्य सम्पन्न गर्नुपर्ने भन्दै कटहरीका यूवाहरुले कटहरी गाउँपालका अध्यक्ष चौधरीलाई भेट्न जाँदा भेट नदिएको अझ अध्यक्षले अपशब्द प्रयोग गरेकोले यूवाहरु वाध्यभई हुलाकी राजमार्ग अवरोध गरको र अध्यक्ष विरुद्ध यूवाहरुले अपशब्द प्रयोग गरेको भन्दै विषयलाई लिएर अध्यक्ष र वडाअध्यक्ष वीच तनाव बढेको थियो ।
विहीवार भएको सडक अवरोध र विरोध प्रदर्शनका क्रममा प्रहरी र स्थानीय विच झडप समेत भएको थियो । हुलाकी राजमार्ग निर्माण गर्ने ठेक्केदाहरुले निर्माण कार्य ढिला सुस्तु गरको, कम असल सामग्री प्रयोग गरेकोमा गाउँपालिका अध्यक्ष समेत मुख दर्शक भई रहेको र ठेक्केदारलाई कुनै कारवाही नगरेको भन्दै कटहरी गाउँपालका अध्यक्ष देवराज चौधरीलाई अपशब्द प्रयोग गरिएको र गाउँपालका परिसरमा यूवाहरु आएर शान्ति सुरक्षामा खलल पु¥याएको आरोप छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]