विराटनगर, श्रावण १ गते । विराटनगरको पोखरिया माध्यमिक विद्यालयलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८० प्रदान गरिएको छ ।
कोशी प्रदेशको राजधानी विराटगर महानगरपालिका वडा नं.३ मा रहेको पोखरिया माध्यमिक विद्यालयलाई सो अवार्ड केन्द्रविन्दु डटकमले प्रदान गरको हो ।
केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमका बीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा कोशी प्रदेश कै अग्रणी स्थानमा रहेको पोखरिया माध्यमिक विद्यालयलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८० ले सम्मानित गरको थियो ।
पोखरीया माध्यमिक विद्यालयले सामुदायिक शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै केन्द्र विन्दु डटकमले सो अवार्ड प्रदान गरिएको थियो ।
कक्षा १ देखि १२ सम्मको अध्ययन हुने पोखरीया माध्यमिक विद्यालयमा प्लस टू तर्फ विज्ञान, व्यवस्थाप शिक्षा र प्राविधिक तर्फ कम्प्युटर इन्जिनियरिङ्गमा अध्ययन हुँदै आएको छ । अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको कलेजले विश्व बजारमा प्रतिस्पर्धी बनाउन कक्षा १ बाटै पहल गर्छ ।
गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको पोखरीया माध्यमिक विद्यालयले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनौट गर्ने गरेको छ । सामुदायिक विद्यालय तर्फ पोखरिया माविले विशिष्ट स्थान हासिंल गरेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]