बिराटनगर, श्रावण ४ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी निरीक्षक बुद्धिराम चौलागाई र प्रहरी जवान आयुष राईलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरेको छ ।
विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै असार महिनामा विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएको भन्दै सो घोषणा गरको हो ।
असार ६ गते जिल्ला सुनसरी दुहवी नगरपालिका–५ स्थितमा विशेष सूचनाको आधारमा भारतीय नागरिकहरु दिपेश यादव र अभिषेक यादवलाई ९ के.जी. गाँजा सहित पक्राउ गरेको थियो ।
त्यसैगरी प्रहरी हिरासतमा मानव मस्तिष्क सहितको पुस्तकालयको स्थापना गर्नुका साथै विभिन्न समयमा भन्सार छलि ल्याएको अवैध सामानहरु भन्सार कार्यालयमा बुझाउनुका साथै असार ४ गते जिल्ला खोटाङ रावा बेसी गाउँपालिका वडा नं. ४ स्थित रावा खोलामा आएको बर्षातको बाढीमा रावा खोलाको वीचमा फसेका २ जना वर्ष २७ को युवराज रोक्का र बर्ष १६ को मदन मगरलाई आफ्नो ज्यान समेत जोखिममा राखी उद्दार गरी विभिन्न समयमा वाढी पहिरोको कारण रोकिएका सवारी साधनहरुलाई स्थानीय निकायहरुसँग सहकार्य गरी सवारी साधन खुलाएको र आम नागरिकमा प्रहरीको छवि उच्च राख्दै त्रुटी रहित तवरबाट कर्तव्यपथमा तल्लीन रही आफुलाई दिईएको जिम्मेवारी तथा दायित्व उच्च मनोवलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको थियो ।
उक्त कार्यहरु गरेका इलाका प्रहरी कार्यालय दुहवी, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक बुद्धिराम चौलागाई र प्रहरी चौकी हरमटार, खोटाङमा कार्यरत प्रहरी जवान आयुष राईलाई उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८० साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरी पुरस्कृत गरिएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रत्येक महिना प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको छनौट गरी पुरस्कृत गर्दै आईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]