विराटनगर, भदौ २० गते । कोशी प्रदेशको मोरङ्ग जिल्लाको ग्रामथान गाउँपालिका वडा नं. १ लखनतरीमा कोशी प्रदेशका प्रदेश सभा सदस्य भीम पराजुलीले शिवलिङ्ग सहित ४ वटा मूर्तिको अनावरण गरको छ ।
लखनतरीमा रहेको रामजानकी मन्दिरको प्राङ्गणमा नवनिर्मित, शिव मन्दिर, हनुमान मन्दिर र गणेश मन्दिरमा मूर्तिहरुलाई विराजमान गराई अनावरण गरेका हुन् । मूर्तिहको अनावरण गर्देै प्रदेश सभा सदस्य पराजुलीले भने अहिले ंधर्मका नाममा विभिन्न आरजकता भइरहेको छ, सवै नेपालीले आ–आफ्ना धर्म र संस्कृति संरक्षण गर्ने तर्फ केन्द्रि हुन पर्नेे भन्दै ग्रामीण क्षेत्रमा एक सय २२ वर्षदेखि रहेको रामजानकी मन्दिरलाई संरक्षण गर्न र धार्मीक स्थल बनाउन सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
रामजानकी मन्दिर समितिले भदौ १४ गतेदेखि मुकुन्द माहाराजाद्वारा अखण्ड होमगरी कृष्ण जन्माष्ठमीको दिन मूर्ति अनावरण गरेको समितिका अध्यक्ष नमोनारायाण माझी वताए । सवैको साथ सहयोगले मन्दिर निर्माणगरी मूर्तिहरुलाई मन्दिरमा विराजमान गराई अनावरण गर्ने प्रेरणा मिलेको वहाँको भनाई छ ।
मन्दिर निर्माणका लागि प्रदेश सरकारबाट ३५ लाख र स्थानीय सरकारबाट १५ लाख स्थानीयहरुको सहयोगबाट ५ लाख गरी जम्मा ५५ लाख लागतमा निर्माण भएको छ । मन्दिरमा विराजमान गरिएको गणेश मूर्ति १५ इनच, हनुमानको मूर्ति ३ फिट ६ इन्च, नन्दीको २ फिट ६ इन्च, शिवलिङ्गको पनि २ फिट ६ इन्च रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]