

विराटनगर, अषाढ ४ गते । माेरंङकाे जहदा गाउँपालिकाकाे दोस्रो गाउँसभा तथा ११ औँ अधिवेशनमा वडा अध्यक्षहरूकाे विरोधका कारण काेरम नपुग्दा प्रभावित भएकाे छ
गाउँपालिकाले आज गाउँसभा बोलाए पनि आवश्यक सख्यामा सभा सदस्य उपस्थित नभएपछि अधिवेशन प्रभावित भएको हो । गाउँसभामा गाउँपालिकाका २ जना वडा अध्यक्षहरु गाउँ सभामा नभइ पालिकाको प्रशासकीय अधिकृतको कार्यालयमा देखिए पनि गाउँ सभामा भने उपस्थित भएको थिएन ।
वडा अध्यक्षहरु गाउँ सभा बहिस्कार गरेर बिराटनगरको एक होटलमा चिया बसेको स्रोतले जनाएको छ । होटलमा वडाअध्यक्षहरुले सदस्यहरुलाई समेत बोलाएर गाउँ सभा बहिस्कार गरेको स्रोतले जनाएको छ ।

सभा हलमा खाली कुर्सी, मात्र देखिन्छ, भने पालिकामा कर्मचारीहरु गाउँसभाका लागि पुर्वतयारीमा रहेको थियो ।
जहदा-१ का वडाअध्यक्ष बाबुराम राजवंशी, वडा-२ का वडाअध्यक्ष चन्द्रशेखर कुमार साह, वडा-६ का वडाअध्यक्ष सूर्यानन्द मण्डल, वडा-७ का वडा अध्यक्ष भगवान मरण्डीलगायतले गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साह (जितु) को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभामा सहभागी नभएको जानकारी दिए ।
वहाँहरूका अनुसार अध्यक्ष साहले सबै पक्षको राय सुझावलाई बेवास्ता गर्दै एकलौटी रूपमा निर्णय गर्ने, आफ्ना निर्णय मात्रै लागू गर्न खोज्ने तथा वडा अध्यक्षहरूसँग समन्वय नगर्ने प्रवृत्ति अपनाएकाले गाउँसभा बहिष्कार गर्नुपरेको छ ।
अध्यक्ष साहले वडा अध्यक्षहरूको विश्वास जित्न नसकेको र सहज वातावरणमा काम गर्न नदिएको उहाँहरूले आरोप लगाए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशनकुमार गुप्ताका अनुसार चालु आर्थिक वर्षका लागि गाउँपालिकाले २७ करोड २१ लाख रुपैयाँ आन्तरिक तथा अन्य स्रोतबाट बजेट प्रस्ताव गरेको छ। संघीय सरकारबाट सशर्ततर्फ २७ करोड ९८ लाख रुपैयाँ र प्रदेश सरकारबाट ३ करोड रुपैयाँ प्राप्त हुने गरी कुल ५८ करोड १९ लाख रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरिएको जानकारी दिए ।
जहदा गाउँपालिकामा कुल ३९ जना सभा सदस्य रहेका छन । गाउँसभा सञ्चालनका लागि आवश्यक कोरम नपुग्दा लगातार बैठक प्रभावित हुँदै आएको छ ।

असार ३ गते बोलाइएको कार्यपालिका बैठक पनि कोरम अभावकै कारण स्थगित भएको थियो । त्यस अघि बोलाएको बैठकहरू समेत साेही कारणले सञ्चालन हुन सकेकाे थिएनन्।
पालिकाले पटक–पटक बैठक आह्वान गरे पनि सभा सदस्यहरूको अनुपस्थितिका कारण नीति, कार्यक्रम तथा बजेट पारित गर्ने प्रक्रिया प्रभावित बन्दै गएको छ ।
गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट तथा विकास योजनामा समेतमा अन्योलता बढेकाे एक कर्मचारीले वताए । उक्त विषयमा अध्यक्ष साहसंग प्रतिक्रिया लिन फाेन सम्पर्क गर्दा फाेन उठाउनु भएन ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]