

विराटनगर, अषाढ २ गते । नेपाल औषधि व्यवसायी संघ माेरङले ५३ स्थापना दिवसकाे अवसरमा सप्ताह व्यापी कार्यक्रम घाेषणा गरेका छन ।
नेपाल पत्रकार महासंघ माेरङकाे सभाहलमा पत्रकार सम्मेलन गरी नेपाल औषधि व्यवसायी संघ माेरङका अध्यक्ष देशबन्धु ढकालले औषधि व्यवसायीको प्रवर्धन, अनुशासन र सामाजिक उत्तरदायित्व वहन गर्दै सप्ताह व्यापी कार्यक्रम घाेषणा गरेकाे वताए ।
हरेक वर्ष संघको स्थापना दिवस असार १० गते मनाउने परम्परा अनुरुप मोरङ शाखाद्वारा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी भव्य रुपमा असार ४ गतेदेखि १० गतेसम्म मनाउने तयारी गरेकाे वताए ।
भएको छ ।
जस अनुसार पहिलो दिन कार्यक्रम असार ४ गते, बिहिबार कोशी अस्पताल, बाल विभाग तथा कुपोषण शाखा, फलफुल वितरण, दोश्रो दिन असार ५ गते शुक्रबार मिल्स माध्यमिक विद्यालय, विराटनगर-१६ मा लागु औषध र मनोद्विपक औषधी सम्बन्धी जनचेतनामुलक कार्यक्रम, तेश्रो दिन असार ६ गते, शनिबार लागुपदार्थ परिक्षण किट तथा ट्राफिक सचेतनामूलक बोर्ड हस्तान्तरण जिल्ला ट्राफिक कार्यालय मोरङ, असार ७ गते, आइतबार औषधिको समुचित प्रयोग, भण्डारण एवं विक्रि वितरण सम्बन्धी १ दिने अभिमुखिकरण बेलबारी नगरपालिका, मोरङमा तालिम हुनेछ ।
त्यसैगरी पाँचौं दिन कार्यक्रम असार ८ गते, सोमबार
मानव सेवा आश्रम, विराटनगर-५ भोजन कृष्णार्पन र स्वास्थ्य सामाग्री हस्तान्तरण, असार ९ गते, मंगलबार हस्पिटल चोक, विराटनगर-७ रक्तदान कार्यक्रम असार १० गते, बुधबार प्रभातफेरी (हस्पिटल चोकदेखि संघको भवनसम्म), झण्डोतोलन कार्यक्रम, औपचारिक समापन समारोह दीप प्रज्वलन कार्यक्रम लागायतकाे कार्यक्रम हुनेछ ।
सम्पूर्ण व्यवसायी, सरोकारवाला निकायहरु, पत्रकार मित्रहरु र आम नागरिकहरुलाई कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध गरेका छ

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]