विराटनगर, भाद्र २३ गते । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ११ औं साधारण सभाको अवसर पारेर एक जेष्ठ नागरिक सहित एसईइमा उच्चतम अंक ल्याउने चार जना उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मानित गरेका छन् ।
विराटनगर महानगरपालिका वडा नं. ८ प्रगति विनायक टोलमा रहेको सहकारी संस्थाले ११ औै साधारण सभाका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य माननीय खडग बहादुर बस्नेत र संस्थाका अध्यक्ष राजेन्द्र कुमार थापाले संयुक्त रुपमा सम्मान प्रदान गरको हो ।


सम्मानित हुने जेष्ठ नागरिक हरिप्रसाद थपलियालाई दोसल्ला, प्रमाण पत्र र नगद १ हजार ५ सय ५ रुपियाँले सम्मानित गरेका हो । त्यसैगरी सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यका सन्तती मध्ये २०७९ सालको एसईईमा उत्कृष्ठ अंक ल्याउने जियान्शु साहलाई सम्मान पत्र र नगद १ हजार ५ सय ५ र सुदीप कुमार चौधरी, सुष्मा कुमारी साह, र श्रवण रायलाई प्रसंशापत्रले सम्मानित गरिएको थियो । त्यसैगरी एक जना उत्कृष्ठ वचत कर्ता र एक जना उत्कृष्ट ऋणीलाई समेत नगद सहित सम्मानित गरिएको थियो ।


साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी माननीय बस्नेतले भने सहकारी संस्था प्रति अहिले जनविश्वास घट्दै गई रहको र मुलूकको आर्थिक खस्कीएको अवस्थामा पनि सहमती सहकारीले आफ्ना सदस्यहरुलाई मुनाफा वितरण गरेकोमा संस्थालाई धन्यवाद दिदै अगामी दिनमा पनि सहकारीलाई अझ सदृढ गर्दै लैजान सुझाव दिए ।


त्यसैगरी विशिष्ट अतिथी विराटनगर महानगरपालका वडा नं. ८ का वडा अध्यक्ष राम पोखरेले सहकारी संस्थाको सदस्य आफ्नै टोल छिमेकका भएकोले सदस्यहरुको वचत रकमको वढीभन्दा वढी प्रतिफल दिएर सदस्यहरुको जीवन उकास्न सामूहिक उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने भन्दै साधारण सभाको सफलताको कामना गरका थिए ।


सहकारीको हाल सम्मको सदस्य संख्या २ सय ५० मा महिला १ सय ३० पुरुष १ सय १८ र अन्य २ रहेका छन् । २५ लाख १२ हजार ४ सय चुक्ता शेयर पुँजी रहेको छ । बन्दसत्रमा सहकारीका अध्यक्ष राजेन्द्र कुमार थापाले प्रस्तुत गरको प्रतिवेदनहरुलाई सर्वसम्मतीले पारीत गरी साधारण सभा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]