विराटनगर, भाद्र ७ गते । हातहतियार, खरजजना तथा लागु औषध मुद्दामा सजाय पाई फरार रहको एक प्रतिवादी लागु औषध सहित पुन ः पक्राउ परेको छ ।
भारतमा बसी नेपालका बिभिन्न जिल्लाहरुमा सञ्जाल बिस्तार गरी अपराधीक कार्य गर्ने गिरोहका मुख्य नाईकेलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिराटनगरबाट पक्राउ गरेको छ ।
हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादीको सूचीमा रहेका भारतको अररिया जिल्ला ईन्द्रनगर ग्रामपञ्चायत वडा नं. १० को बग्गा भनिने प्रदिप यादवलाई लागुऔषध सहित पक्राउ गरिएको हो ।
यादवको साथबाट प्रहरीले डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको छ । २०७५ साल मंसिर ३ गते बिराटनगरको हुलास चोकबाट अटोमेटिक पेस्तोल सहित पक्राउ परेका मन्दिप तामाङ र सुशिल कुमार साहलाई हतियार पठाउने तथा २०७५ मंसिर ८ गते ललितपुरका रुपम राईलाई दिन भनी पठाएको लागुऔषध ब्राउनसुगर, तथा पेस्तोल सहित पक्राउ परेका बिध्यानन्द मण्डल र अनुप गिरीको घटनामा संग्लग्न रहेको खुल्न आएसंगै सर्वाधीक खोजीको सूचीमा रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्ने सफल भएको हो ।
पक्राउ परेका यादवको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]