विराटनगर, कार्तिक १२ गते । नेपालको आदीवासी जनजाति थारु समुदायलाई विहारको थारु संग्राहलयसँग जोड्ने अभियानमा भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेशकुमार शर्मा लागि परेका छन् ।
बिहारको पश्चिम चम्पारण जिल्लामा आदिवासी थारु जनजातिका परम्परागत वस्तुहरू संरक्षित गरेको संग्रहालय रहेको छ । उक्त सङ्ग्रहालय बिहारको एक मात्र सङ्ग्रहालय हो जहाँ प्राचीन कालमा आदिवासीहरूले शिकार गने प्रयोग गर्ने हतियार र दैनिक जीवनमा प्रयोग हुने वस्तुहरू संरक्षित गरिएको छ । अहिले ती सामग्रीहरु हरनाटाण्डस्थित महादेवा गाउँको एउटा सानो भवनमा भण्डारण गरिएको छ ।
शर्माका अनुसार पश्चिम चम्पारणमा रहेको यो संग्राहलय लयमा थारु जातिको इतिहास, कला र संस्कृति समेटिएको छ । उक्त भवन सन् २०१२ मा निर्माण भएको थियो ।
हाल उक्त स्थानमा एक सयभन्दा बढी वस्तुको संरक्षण गरिएको छ । शताब्दीयौं देखि जंगलमा बसोबास गर्ने थारु समुदायका मानिसहरूले प्रयोग गर्ने गरेका थिए । नेपालका थारु आदीवासी जनजातीहरु संग मिल्दो जुल्दो भएकाले विहारको थारु संग्राहलयसंग जोड्ने प्रयास गरेको शर्माले वताए ।
माछा मार्ने छन्नी होस् वा कपडाको र्याक होस्, आज यी बहुमूल्य वस्तुको अस्तित्व लोप हुने अवस्थामा पुगेको शर्माले बताउँछन् । वास्तवमा आधुनिकीकरणका कारण थारु समुदायका मानिसले पनि परम्परागत वस्तुको प्रयोग गर्न पाएका छैनन् ।
हरेक यन्त्रको आ–आफ्नै महत्व
म्युजियममा रहेको हरेक वस्तु हातले बनाइएको छ । ती बस्तु बाँस, पात र जंगलमा उब्जाएको विशेष प्रकारको घाँसको प्रयोग गरिएको छ । संग्राहलयमा रहेका अधिकांश वस्तु शिकारका लागि बनाइएका औजार रहेको छ । तीमध्ये बाँस र मुसबाट बनेको डेली, गेद्रा, बेवा, जटारी, कोइन, खुट्की, गुर्ता, झिमार र छिन्नी विशेष छन् ।
यी यन्त्रको प्रयोगको कुरा गर्ने हो भने समातेका माछा पाल्न डेलीको प्रयोग गरिन्छ, गेडारालाई केकडा मार्न प्रयोग गरिन्छ, बेवालाई थोरै मात्रामा माछा मार्न प्रयोग गरिन्छ, जटारीलाई मुसा मार्न प्रयोग गरिन्छ, कोइनलाई माछा मार्न प्रयोग गरिन्छ । चरा समात्न खुट्की र ठूला परिमाणमा माछा पक्रन झिमार र छानी प्रयोग गरिन्थ्यो ।
नेपालमा बसोवास गरेका थारु समुदायलाई विहारको थारु संग्राहलयसंग जोड्न सके त्यसवाट नेपालको थारु समुदायले प्रयोग गर्ने सामग्रीको वारेमा परिचित हुने र पौरानीक सामग्रीहरुलाई संग्राहलय बनाएर संरक्षण गर्ने तर्फ प्रोत्साहन मिल्ने शर्माको भनाई छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]