विराटनगर, कार्तिक १२ गते । थारु कल्याण कारीणी सभा (थाकस) विराटनगरले विजया दशमी, तिहार (सुखराईत) र छठ पर्वको अवसरमा थारु विद्यार्थी दौड, थारु कर्मचारी पुरस्कार तथा सम्मान कार्यक्रम २०८० गर्ने घोषणा गरेपछि सो कार्यक्रमलाई थारु कल्याण कारीणी सभा बुढीगंगा गाउँपालिका समितिले बहिष्कार गर्ने निर्णय गरेका छन् ।
थारु कल्याण कारीणी सभा बुढीगंगा गाउँपालिका समितिको वृहत भेलाले विराटनगर–२ तीनपैनीमा कार्तिक १८ गते हुने कार्यक्रमलाई समितिको तर्फवाट कार्यक्रमलाई बहिष्कार गरेको निर्णय पारित गरेका छन् ।
साथै थाकसको जिल्ला समितिको निर्वाचन हालसम्म स्थगित रहेकोले सो निर्वाचन अविलम्ब गराउन माग गर्दै निर्वाचन पश्चिात थाकसको कार्यक्रममा सहभागी हुने निर्णय समेत पारित गरको छ ।
समितिल विजया दशमी, तिहार (सुखराईत) र छठ पर्वको अवसरमा सम्पुर्ण थारु जतिको सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन् ।
थारु कल्याण कारीणी सभा ग्रामथान गाउँपालिका समितिले यसअघि नै थाकस विराटनगरको कार्यक्रम वहिष्कार गर्ने निर्णय गरिसकेको छ ।
थारु कल्याणकारी सभा मोरंग जिल्लाको १० औं महाधिवेशन निर्वाचन प्रक्रियाका कारण थाकसमा विवाद हुँदै आएको छ । थाकसको विवाद जिल्ला प्रशासन कार्यालय मोरंग उजुरी र उच्च अदालत विराटनगरमा रिट दर्ता भई सुनवाईको प्रक्रियामा रहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]