विराटनगर, मंसिर २४ गते । नेपाल भारत रेल यात्रु सहजीकरण समितिले पर्यटन प्रवद्र्धधन, विकास र सहजीकरणको लागि कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीलाई ७ बुँदे प्रस्ताव सहित ज्ञापन पत्र बुझाएका छन् ।
विभिन्न प्रकारको सामाजिक, सांकृतिक, धार्मिक तथा पर्यावरण रक्षाको निम्ति कामहरू गरिरहने सामाजिक संस्था नेपाल भारत रेल यात्रु सहजीकरण समितिले सो ज्ञापनपत्र बुझाएको हो ।
नेपाल भारत प्रवेश द्वारमा भारत बाट नेपाल आउने र नेपाल बाट भारत जाने पर्यटकहरूको निम्ती सार्वजानिक शौचालय बनाउनुपर्ने, नेपाल–भारत सीमामा बनिरहेको प्रवेश द्वारमा सीमावर्ती क्षेत्रको धार्मिक सांस्कृतिक स्थलको कला कृति राखिनुपर्ने, कोशी प्रदेशलाई बिहार सँगको सम्बन्ध बिस्तारको लागि एक संयुक्त कमिटीको निर्माण गरिनुपर्ने, माग गरेका छन् ।
त्यसैगरी बिहारलाई आफ्नो कर्मभूमि बनाएर राजनीतिको धरोहर स्थलको रूपमा स्थापित जननायक बीपी कोइरालाको जन्म दिवसमा बिहारको राजधानी पटना तथा कोसी प्रदेशमा समन्वयको आधारमा राजकीय कार्यक्रम आयोजना गरिनुपर्ने, भारतबाट आउने पर्यटकहरुको लागि सीमामा बहुभाषिक साईन बोर्ड लगाउनुपर्ने, विराट राजाको दरबारलाई महाभारत सर्किटसँग जोड्ने र पर्यटकीय रेल संचालनको लागि पहल गर्न आवश्यक समन्वय, सहयोग गर्नुपर्ने र पर्यावरण संरक्षणको निम्ति क्रस बोर्डर वृक्षारोपण, अन्तरक्रिया र जनचेतना मुलक कार्यक्रम गर्ने प्रस्ताव सहित संस्थाका अध्यक्ष राजेश कुमार शर्मा र प्रमुख सल्लाहकार महेश कुमार साह स्वर्णकारले मन्त्री उप्रेतीलाई ज्ञापन पत्र बुझाएको थियो ।
पर्यटन वन तथा वातावरण मन्त्री उप्रेतीले चाडै नै दुवै देश बीचको समन्वयमा बैठक गरी उक्त प्रस्ताव उपर छलफल गर्ने प्रतिवद्धता जनाएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]