सुनसरी, पुस ६ गते । संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।
सुनसरीको भोक्राहा नर्सिंहमा निर्माण गरिएको ४०० केभिएको विद्युत प्राधिकरणको सबस्टेशन उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका हुन् ।
‘संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइ दिन प्रधानमन्त्रीलाई आग्रह छ, उनले भने, ‘अधिकार हस्तान्तरण नगरिदिए सदन र सडकबाट संघर्ष गर्छु ।’
विद्युतकै कुरा गर्दा संविधानले तोकेको २५ मेगावाट सम्मको विद्युत प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार छ त्यो हामीले पाउनु पर्ने छ । उनले भने, ’त्यसकालागि संघीय सरकार र संघीय संसदसंग सहकार्य संघर्ष दुबै गर्नु पर्ने छ ।’
सबस्टेसन उद्घाटन पछि कोशी प्रदेशमा रहेका उद्योग तथा व्यबसायीको उत्पादनमा ढुक्क हुने अवस्था आएको मुख्यमन्त्री कार्कीले बताए । निजि क्षेत्रलाइ उत्पादनमा अग्र स्थानमा राख्न सकिएमा विकासको गति बढ्ने बताउँदै कोशी सरकारले निजि क्षेत्रलाइ सहकार्य मात्रै नभई अभिन्नअङको रुपमा लिएको मुख्यमन्त्री कार्कीले बताए । ’निजी क्षेत्रलाइ सरकारको अभिन्न अंगको रुपमा लियो भने मात्र दिगो बिकास सम्भव छ ।’ उनले भने शिक्षा स्वास्थ्य तथा उत्पादनका हिसाबले सरकार पनि अघि बढ्नुपर्छ भनेर हामीले पनि सुरुवात गरिसकेका छौं । ’
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानिमा निर्नाण भएको सबस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सभापतित्वमा भएको कार्यक्रममा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]