सुरेन्द्र मण्डल
आमगाछी, पुस ८ गते । मोरंगको रंगेली नगरपालिका वडा नं ५ स्थित रहेको अनुग्रह चर्च आमगाछीले शनिवर ख्रीष्ट जन्मोत्सव तथा वडा दिनको सुखद उपलक्ष्यमा एक दिवसिय पाँचौं वार्षिक उत्सव भव्यताका साथ मनाएका छन् ।
पाँचौ वार्षिक उत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रमका प्रमुुख अतिथी रंगेली नगरपालिकाका उप प्रमुख भुमा प्राजुलीले भने उत्सवमा उपस्थित सम्पूर्ण जातिधर्मका व्यक्ति लगायत आमगाछी बासीलाई शुभकामना व्यक्त गरदै अनुग्रह चर्जका पाश्चर एवम कार्यक्रम संचालक दानियल पण्डितले गरेको समाज सेवा प्रति उच्च सम्मान गर्दै प्रसंशा व्यक्त गरेकी थिईन ।
साही अवसरमा अनुग्रह चर्च आमगाछी ख्रीष्टियन परिवारले उत्सवमा सहभागी अतिथि एवम् स्थानिय बासीहरुलाई उत्सव प्रसाद वितरणका साथै एकल, विधवा, वृद्ध, असाह्य र अपाङ्ग महिलाहरुलाई ८५ थान साढी रंगेलीका उपमेयर भुमा पराजुली, मेयरका स्वकिय सचिव करण ठाकुर लगायत अतिथीहरुको हातबाट वितरण गरेका थिए ।
उत्सवको विशिष्ट अतिथिमा प्रमुख वक्ता भारत, बिहार, पूर्णिया जिल्लाको मारा नाथा चच का पास्टर प्रमोद यादव, तथा पूर्वाञ्चल विश्व विद्यालय एशोशिएट प्रोफेसर मनोज शाह हलवाई रहेको थियो !

त्यसैगरी अतिथिमा एल सि बी ग्लोबल का भ्वाइस प्रेसिडेन्ट सचिन कुमार मण्डल, भारत, बिहार, सिकटी प्रखण्ड बोकान्तरि पञ्चायतका मुखीया रामदेव पासमान लगायत रंगेली र सुनवर्षी नगरपालिका अन्तर्गत रहेका अनुग्रह चर्चका पास्टरहरु एवम् स्थानीय राजनैतिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख वक्ता मारानाथाले भगवान येशू को जन्म कहा भयो ? र येशू किन जन्मिनु भयो ? भने कथालाई हिन्दी भाषामा प्रकाश पारेको थियो । त्यससैगरी ख्रीष्टियन परिवार द्वारा येशूको महिमा गीत एवम नृत्य पनि प्रस्तुत गरेको थियो ।
इतिहास साक्षी छ, मानव समूदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदिन ब्यापक उत्साह अनि सदभावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान कृष्ण होउन्, वुद्ध, गुरु नानक होउन या पैगम्बर मोहम्मद । भोली सोमवार भने इसाइ धर्मका प्रवर्तक जिसस अर्थात् प्रभू येशुको जन्मदीन हो ।
विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसंगै आजको दिनलाई क्रिसमसका रुपमा मनाउन थालिएको हो । इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।
उक्त उत्सव आमगाछी अनुग्रह चर्चको पास्टर दानीयल पंडीतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]