विराटनगर, पुस ९ गते । प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अपरिहार्य भूमिका रहेको कोशीका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।
मुख्यमन्त्री निवासमा भेटघाटका लागि पुगेका नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समितिसंगको छलफलमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रदेश भरिका पत्रकार महासंघको भौतिक संरचना विकासमा योगदान गरिरहेकोले पत्रकार महासंघलाई पनि प्रदेशको अधिकार प्राप्तिका लागि बहस चलाउनआग्रह गरेका हुन् ।
‘प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेको र कानून, नियम बनिसकेको प्रहरी समायोजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ । उनले भने, प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानून नबनाउने तर प्रदेश प्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने सांसद माथि सञ्चार कर्मीले किनप्रश्न उठाइरहेको छैन वहाँको प्रश्न थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]