विराटनगर, माघ १ गत । श्रीराम जन्मभूमि तिर्थक्षत्र अयोध्यामा माघ ८ गते सोमवारका दिन नव निर्मित भव्य राम मन्दिरमा भगवान श्रीरामको प्राण प्रतिष्ठा हुने भएकोले सोही अवसर पारेर विश्व हिन्दु परिषद, नेपाल, मोरंगद्धारा २१ हजार दिप प्रज्वलनका साथै विभिन्न कार्यक्रम गर्ने घोषणा गरेका छन् ।
सो प्राण प्रतिष्ठा हुनु समस्त सनातन हिन्दु धर्मावलम्बीहरुका लागि अन्यन्तै खुशीको कुरा भएको हुँदा उक्त महान अवसरलाई हर्सोउल्लासका साथ भव्य रुपमा मनाउन विश्व हिन्दु परिषद नेपाल मोरंग र रामजानकी मन्दिर विराटनगरद्धारा ३ दिने कार्यक्रमको घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार माघ ६ गते शनिवार दिउँसो १ बजे मोटर साईकल ¥याली, माघ ७ गते आइतवार १० बजे कलश यात्रा र माघ ८ गते सोमवार ४ः३० बजे शोभा यात्रा गरिने भएको छ । यी सम्पूर्ण कार्यक्रमहरु रामजानकी मन्दिर र पञ्चमुखी हनुमान मन्दीरको प्रांगणवाट शुरु हुने आयोजकले जानएको छ । उक्त कार्यक्रममा आम जनसमुदायलाई स–स्फुर्त सहभागी हुन आयोजकले अनुरोध समेत गरको छ ।
अयोध्यामा समुद्घाटन हुन लागेको राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको छ । मन्दिरको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र हुने छ । तीन तले मन्दिरमा तीन सय ९२ स्तम्भ तथा ४४ ढोका बनाइएको छ ।
मन्दिरहरूमा शिखर शैलीका अग्लो पिरामिड आकारका टावरहरू रहेको छ भने शिखरमा कलशसहित मन्दिरका स्तम्भ तथा पर्खालहरू मूर्तिकलाले सजिएका छन् । मन्दिरको सबैभन्दा विशेष स्थान भगवान् श्रीरामको प्रतिमूर्ति राखिने गर्भगृहमा उनको बाल्यकालको स्वरूप र पहिलो तल्लामा श्रीराम दरबार रहेको छ ।
मन्दिरमा नृत्यमण्डप, रङ्गमण्डप, सभा मण्डप, प्रार्थना र कीर्तन मण्डप गरी पाँच मण्डप बनाइएको छ । मन्दिरका स्तम्भ तथा पर्खालहरू देवी देवताहरूको मूर्तिहरू सजिएका छन् । सिंहद्वार हुँदै ३२ वटा सिँढी चढेर पूर्वबाट मन्दिर प्रवेश गर्न सकिन्छ । असहजताको सुविधाका लागि लिफ्ट लगायतकोे व्यवस्था गरिएको छ ।
सात सय ३२ मिटर लम्बाइ तथा १४ फिट चौडाइ भएको आयताकार पर्खालले मन्दिरलाई घेरेको छ । मन्दिर परिसरको चार कुनामा सूर्यदेव, देवी भगवती, गणेश मन्दिरहरू बनाइएको छ । उत्तरमा माँता अन्नपूर्णको मन्दिर र दक्षिणमा हनुमान्जीको मन्दिर रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]