विराटनगर, माघ १५ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आउनु भएका प्रहरी प्रमुख नायब महानिरीक्षक चन्द्र कुबेरले प्रहरी ऐन, कानुनको परिधि भित्र रहेर काम गर्ने वताएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी सो कुरा वताएका हुन ।
भेटघाट कार्यक्रममा खापुङले कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान गरी कानुनी दायरामा ल्याउन र लागुऔध नियन्त्रणको लागि समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने वताए ।


भारतीय सिमा नाकामा हुने तस्करी, लागु औषध ओसारपसार लागयतको समस्याहरुलाई न्यूनिकरण गर्न सबैसंग सहकार्य गरी अगाडी बढ्ने वताउदै भारतीय पर्यटकले नेपाल प्रवेश गरी सकेपछि पनि समस्याहरु रहेको छ । ती समस्याहरुलाई समेत न्यनिकरण गर्दै लागिने भन्दै समस्या परेपछि प्रहरीमा आउने गरेकोले समस्यालाई समाधान गर्ने नेपाल प्रहरीको कर्तव्य भएका वताए ।
कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा कोशी प्रदेशका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुले राखेको समस्या र सुझाव दुवैलाई आधार मानेर कोशी प्रदेशको शान्ति सुरक्षा अझ मजबुत बनाएर प्रतिवद्धता जनाउँदै भारतीय पर्यटकलाई अनावश्यक दुःख नदिन ट्राफिक प्रहरीलाई समेत निर्देशन दिएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]