विराटनगर, माघ १९ गते । विश्व प्रसिद्ध किताबहरुको सिरिजमा पवित्र ग्रन्थ मानिएको श्रीमद्भगवद्गीतालाई मगही भाषामा अनुवाद गरीएको पुस्तक विमोचन गरिएको छ ।
विराटनगर महानगरपालिका वडा नं. १४ को सभाहलमा शुक्रवार भएको विमोचन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य माननीय गिता रानी महतो, विशिष्ठ अतिथी विराटनगर महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत राजेन्द्र पराजुली, साहित्यकार मधु पोखरेल, रामबाबु दाहाल र वडा अध्यक्ष सुर्यनारायण महतो लगायतले संयुक्त रुपमा विमोचन गरिएको हो ।


सो विमोचन कार्यक्रमका प्रमुख अतिथी माननीय महतोले तराई मधेशमा बसोवास गर्ने मधेशी आदीवासी जनजाति, दलित, उच्चवर्ग र पिछडावर्गमा पर्ने जातीजातीहरु समेत मातृभाषाको रुपमा प्रयोग गरि रहेको मगही भाषामा श्रीमद्भगवद्गीता अनुवाद हुनु मगही भाषा–भाषीको लागि ठुलो उपलब्धी भएको बताउँदै आ–आफ्नो भाषा संस्कृति संरक्षणमा लाग्नु पर्ने बताए ।
विशिष्ट अतिथी विराटनगर महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत राजेन्द्र पराजुलीले भने नेपालको संविधानमा नै सबै जातजातिका भाषालाई राष्ट्रिय भाषा भएको उल्लेख गर्दै श्रीमद्भगवद्गीता मगही भाषामा अनुवाद हुन् भनेको स्थानीय भाषाको उत्थान भएको बताए । विराटनगर महानगरपालिका भित्र कक्षा ८ सम्म विभिन्न स्थानीय भाषामा पठनपाठन हुने गरी पाठ्यक्रम तयारी भई रहको बताए ।


साहित्यकार मधु पोखरेलले नेपालमा बोलीने भाषाहरु मध्ये मगही पनि एक भाषा भएको र मगही भाषामा श्रीमद्भगवद्गीता पुस्तक अनुवाद हुनु मगही भाषा–भाषीको लागि उपलब्धी भएको बताए । त्यसैगरी साहित्यकार रामबाबु दाहालले श्रीमद्भगवद्गीता जीवन संचालनको मार्ग दर्शन रहेको भन्दै मगही भाषाभाषीलाई पुस्तक अध्ययन गर्न सजिलो हुने र अध्ययन गरेपछि जीवनमा परिवर्तन हुने बताए ।
विराटनगर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्षे एवंम पुस्तक विमोचन कार्यक्रमका अध्यक्ष समेत रहेका सुर्यनारायण महतोले स्थानीय मगही भाषाको उत्थान, प्रवर्धन र विकासको लागि मगही भाषामा अनुवाद गरीएको श्रीमद्भगवद्गीता पुस्तक मगही भाषा–भाषीको लागि कोषेढुंगा सावित हुने बताए ।

श्रीमद्भगवद्गीतालाई मगही भाषामा अनुवादन एवंम सम्पादन सूर्यनाथ प्रसाद सिंह ‘खुसर’ ले गरेका हुन भने विराटनगर महानगरपालिका वडा नं. १४ को सहयोगमा भाषा संस्कृति प्रतिष्ठान केन्द्रिय कार्यालय विराटनगरले प्रकाशन गरेका छन । विमोचन कार्यक्रमको उद्घोषण भाषा संस्कृति प्रतिष्ठानको अध्यक्ष जय प्रकाश महतोले गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]