विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । कोशी प्रदेश सरकार विस्तारसँगै ६ जना मन्त्रीले सपथ लिएका छन् ।
विस्तारीत मन्त्रीपरिषद्मा कांग्रेसका प्रदीप सनुवार मन्त्री स्वास्थ्य, माओवादीका राजेन्द्र कार्की मन्त्री सामाजिक, कांग्रेसका रामकुमार खत्री मन्त्री उद्योग, कृषि तथा सहकारी र माओवादीका नारायणबहादुर बुर्जामगर खानेपानी, सिंचाई तथा उर्जामन्त्रीमा मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।


उनले दुई जना कांग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको सपथ गराए हुन् ।
राज्यमन्त्रीहरुमा आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ (राम) नियुक्त भएका छन् ।
यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भईसकेका छन् । कोशी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]