
विराटनगर, फागुन १ गते । राजवंशी समाज उत्थान केन्द्रीय समिति (विराट) को १७ औं बृहत भेला फागुन ६ गते सितलु दास राजवंशी गुठीमा हुने भएकाे छ ।
राजवंशी समाज उत्थान केन्द्रीय समिति (विराट) का केन्द्रीय सभापति भुनेश्वर मण्डल राजवंशीले नेपाल पत्रकार महासंघ माेरंगकाे सभा हलमा पत्रकार सम्मेलन गरि १७ आैं भेला सितलु दास राजवंशी गुठीमा हुने वताएका हुन ।
विराट राजवंशी समुदाय विगत १६ वर्ष देखि  आफ्नो पहिचान, अधिकार, मुल्य, मान्यता लगायत विभिन्न माग पूरा गराउन सरकारलाई दवाव दिदै आई रहेको छ।
विराट राजवंशी समुदायले आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा सुचिकृत गर्नु पर्ने, राज्यको हरेक अंगमा  बिराट  राजवंशीको स्थान सुरक्षित गर्नु पर्ने, प्रदेश सभामा समानुपातिक रुपमा प्रतिनिधित्वको सुनिश्चित गर्नु पर्ने,  विराटनगरमा बिराट राजवंशीलाई प्रथम जातिको रुपमा घोषणा गर्नु पर्ने, विराटनगर महानगरपालिका, कटहरी, जहदा, बुढिगंगा र ग्रामथान गाउँ पालिका क्षेत्रलाई बिराट राजवंशी स्वायत्त परिषद ब्यवस्था गर्नु पर्ने र भेडियांरी स्थित बिराट दरबार क्षेत्रको संरक्षण र सम्बर्द्धनका लागि बिराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नु पर्ने लगायत ६ बुंदे माग राख्दै आन्दोलन सरकारलाई दवाव दिदै आएका छन।
विराट राजवंशीहरुको उत्थान र एकबद्धताको लागि १७ औ बृहत् भेलाको अवसरमा फागुन ४ गते शुक्रबार मोटरसाइकल र्याली कन्चनबारी आधारभुत बिद्यालय, बिराटनगर ४ मा भेला भैइ झाँकी सहितको र्याली निकालिने र फागुन छ गते कञ्चनबारी सितलुदास राजवंशी गुठिमा बृहत भेला हुने भएको छ ।
कार्यक्रममा झापा, मोरङ सुनसरीबाट १ हजार भन्दा विराट राजवंशी समुदायको पहिरन र भेषभुषा सहभागिता हुने संचार तथा प्रचार संयाेजक राजेश राजवंशीले वताए ।
झापा, मोरङ , सुनसरीमा करिब ४० हजार जनसंख्यामा बिराट राजवंशी समुदायको बसाेबास रहेकाे छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]