राजेश कुमार राजवंशी
विराटनगर, फागुन ६ गते । राजवंशी समाज उत्थान समिति विराट केन्द्रीय कार्यसमिति (विराट) को १७ औं बृहत भेला भव्यताकाे साथ सम्पन्न भएकाे छ ।


विराट राजवंशी समुदायको १७ औं बृहत भेलालाई काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दियोमा बत्ती बालेर समुद्घाटन गरेका थिए । सो भेलालाई सम्बाेधन गर्दै मुख्यमन्त्री कार्कीले भने विराट राजवंशीहरुको आफ्नै मौलिक पहिचान रहेकाले छुट्टै आदिवासीमा सुचिकृत गर्नुपर्ने भन्दै उहाँले प्रदेश सरकार विराट राजवंशीको पहिचान स्थापितगर्न सम्बन्धित निकायमा सिफारिस गर्ने आश्वासन दिए ।


बृहत भेलामा विराट राजवंशी समुदायका वक्ताहरुले विराट राजवंशी जातिले विगत १७ बर्ष देखि उठाउँदै आएको माग सम्बोधन नगरिएकोमा असन्तुष्टि ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै आयोजक संस्थाका केन्द्रीय उपाध्यक्ष सिद्धुलाल राजवंशीले विराट राजवंशीले २०६४ सालदेखी निरन्तर आफ्ना मागहरु राज्य सामु राख्दै आएपनि सुनवाई नभएको बताउँदै आदिवासी समुदायमा सुचिकृत गर्नुपर्ने विराट राजवंशीको प्रमुख माग रहेको बताए ।


हाल कोच राजवंशी र धानुक राजवंशी समुदाय सुचिकृत रहेपनि आफुहरुसंग ति समुदायका भाषाबोली र संस्कृति समेत नमिल्ने भएकाले विराट राजवंशीकै रुपमा सुचिकृत गर्नुपर्ने जाेड दिएका थिए ।
आयोजक संस्थाका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले आफुहरुले निरन्तर शान्तिपुर्ण ढंगले समुदायका माग उठाउँदै आएपनि राज्य गम्भिर नभएको बताए ।

जहदा गाउँपालिकाको बभनटोली ईकाई समिति अध्यक्ष सन्तोष राजवंशीले शान्तिपुर्णरुपमा माग राख्दै आएपनि सुनवाई नभएकाले आन्दोलनको आँधीबेरी सृजना गर्नुपर्ने बताए।
कार्यक्रममा समिति आबद्ध पदाधिकारी सहित विराटनगर, कटहरी, जहदा र बुढीगंगा गाउँपालिका विराट राजवंशी समुदायकाे उल्लेख्य सहभागिता रहेकाे थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]