विराटनगर, भाद्र ११ गते । प्रदेश नं. २ को रौतहट जिल्ला हुण्डी कोरोवारमा संलग्न एक यूवालाई २८ लाख ५० हजार सहित शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।
नेपालमा लामो समय सम्म निषेधाज्ञा, लकडाउन जारी भए संगै भारतबाट नेपालमा हुण्डी कारोबारले तीब्रता पाएको छ ।
शसस्त्र प्रहरीले रौतहटको ईशनाथ नगरपालिका वडा नंबर ९ लवतना टोलमा चेकजाँच गर्ने क्रममा उक्त रकम सहित एक हुण्डी कारोबारमा संलग्न पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राजपुर नगरपालिका वडा नंबर ९ बैरिया टोलका दिलिप साह पक्राउ परेका छन् ।
सो रकम आफू सबार मोटरसाइकल तथा अफ्नो शरिरमा लुकाई छिपाई ल्याई रहेको अवस्था पक्राउ परेको शस्त्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन ओलीले जनाएको जनाकारी दिए ।
शस्त्र प्रहरी बल ११ नंबर गनबाट प्रहरी उपरीक्षक ओलीको कमाण्ड खटि गएकाका अनुगमन टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ परेको साह संग १ हजारको नोट १५ लाख ९९ हजार , ५ सय नोट १२ लाख ५२ हजार ५ सय, १ सयको नोट ४ सय, २० को नोट ४० रुपैयाँ र १० को नोटे २० रुपैयाँ सहित पक्राउ परेको छ ।
साथै साह सवार वी.आर ३० एन ९५८० एफ् नंबरको भारतीय हिरो मोटरसाइकल पक्राउ परेको साहलाई अवश्यक कार्वाहीका लागि गौर भन्सार पठाएको शस्त्र प्रहरी उपरीक्षक ओलीले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]